२० मिनेटको अबिरल बर्षाले बाढि दुनैमा केहि घर र टहरामा क्षेति नागरिक भने सुरक्षित

जैतुन अनलाइन | 2022-07-06

डोल्पा : मँगलबार दिउसो ४ बजेपछि अकस्मात अबिरल बर्षा भयो । करिव २० मिनेट भन्दा धेरै समय परेको बर्षाले सदरमुकाम दुनैको कारागार क्षेत्रमा बाढि समेत आयो र बितण्डा नै मच्चायो । पहिला सामान्य जस्तै लागेको बर्षाले बाढिको रुप लिएपछि नागरिक आत्तिए र भागाभाग भयो । दुनैको लाउचा क्षेत्रमा मात्रै परेको बर्षाले बाढि आयो र कारागार क्षेत्रमा रहेका केहि घरहरु डुबे भने सोहि क्षेत्रमा रहेका आधा दर्जन टहराहरु बगाउनुका साथै बाढिको लेदोले पूरिदियो । दिउसोकाे समय भएको कारण मानविय क्षेति भने भएन तर नागरिकका घरको क्षति भएको छ भने बास बस्न समेत बिचल्ली भएको छ । नागिरक भागेर बाढिबाट बच्न सफल भए तर घर र खाने बस्ने सबै गुमाएका छन । दशकाै पहिला बाढि आएको क्षेत्रमा घर टहरा बनाएका नागिरकले फेरी पनि बिचल्ली हुन परेको छ ।

बाढीको लेदोले पूरै जमिन भरिएको छ भने बाढि पिडितका सबै सामान घर भित्र ढाकिएकाछन भने बस्न सम्म नपाएर बिचल्ली छन । बाढिले क्षेति गरेपछि प्रहरीको टोली बाढि प्रभाबित क्षेत्रमा पुगेर केही सामानको निकाले पनि घर र टहरा भएकाहरुको बस्ने कुनै ठाउछैन । केहि आफन्तका घरमा गएका छन भने कोहिले रात कटाउन बासस्थान खोजि रहेका छन । सदरमुकाममै बाढिले बितण्डा गरेर नागरिक अलपत्र परेपनि सरोकारवाला भने त्यति गम्भीर देखिएको छैन । दुनैको बिचमा भेरी नदि बग्ने र वारीपारीका क्षेत्र सख्खा नाङ्गा पाखा भएकोले बेलाबेलामा यस्ता बाढि भने आइरहन्छन ।

जिल्लामा बिपत बारे कुनैपनि पूर्व तयारी छैन त्यस कारण पनि नागरिक बिपतको उच्च जोखिममा रहेकाछन । भिरालो जमिन भएकोले पनि अबिरल बर्षापछि बाढमै परिनत हुने गरेको छ । बाढिले के कति क्षेती गरेको छ भन्ने बारे यकिन जानकारी आएको छैन भने यस्को बिस्तृत हामी नियमित फलोअप गर्ने छौ ।