बालविवाह र बालश्रम बिरुद्ध जनचेतना मुलक कार्यक्रम जुट्दै जगदुल्लाका महिला

जैतुन अनलाइन | 2024-04-21

बैशाख ०९,

जगदुल्ला : डोल्पाको जगदुल्ला गाउँपालिकाका महिलाहरु जनचेतनामुलक कार्यक्रममा अग्रसर भएका छन । गाउँपालिकाका महिला आमा समुहहरुले संयुक्त रुपमा समुदायमा बालविवाह बालश्रम र बालहिँसा बिरुद्ध जनचेतनामुलक कार्यकम गरेर सचेत गराई रहेकाछन । सञ्चार र यातायातको बिकास सँगै कलिलै उमेरमा बालवालिकाले बिवाह गर्ने र वालहिँसामा परिरहेको अबस्थामा जगदुल्लाका महिलाहरुले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम गरि अभिभाबकलाइ सचेत गरान थालेको महिला बालवालिका तथा जेष्ट नागरिक शाखा प्रमुख सविना बोहोराले बताईन । बोहोराका अनुसार पछिल्लो समय हरेक समुदायमा बालविवाह बढ्न थालेपछि कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारे सचेतनामुलक सन्देश सहितको समुदायमा कार्यक्रम गर्न लागिएको जानकारी दिईन ।

हाम्रो समाज सबै बिकाससँगै समाजमा हुने नकारात्मक क्रियाकलापमा पनि फस्दै गएको पाईएकोले अब सबै निकायको पहलमा अभिभाबकलाइ नै अग्रसर गराई बालविवाह बालहिँसा र बालश्रम जस्ता गलत क्रियाकलापहरु रोक्न स्थानीय सरकार लागि रहेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने बिकाससँगै बिनास र गलत क्रियाकलाप हुने गर्छननै तर स्थानीय सरकारले मात्रै नभएर सबै क्षेत्र र सबैभन्दा धेरै अभिभाबकले आफ्ना बालवालिकालाई सचेत गराए यस्ता गलत क्रियाकलापले प्रसय पाउदैनन ।

जगदुल्ला गाउँपालिकाले यस आर्थिक बर्षमा महिला हिँसा बालविवाह बालश्रम र बालहिँसा जस्ता घटना न्युनिकरणका लागि बजेट बिनियोजन गरि पालिकामा रहेका मिहलाहरुकै सक्रियतामा जनचेतनामुलक कार्यक्रम गरि रहेको छ । ६ वटा वडाका सबै बस्तिहरुमा कार्यक्रम गरि नेपाल प्रहरीको सहायतामा कानुनी दण्ड सजाय र कारवाही बारे पनि अभिभाबकलाइ जानकारी गराएको जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैसिले बताए । एकै पटक घटनाहरु नरोकिएपनि अभिभाबक सचेत भए सहजै बालवालिका गलत क्रियाकलापममा नफस्ने गाउँपालिकाको दावी छ ।

महिला आमा समुहले कार्यक्रममा भनि रहेकाछन पहिले आमाले छोरीलाई र बाबाले छोरालाई नगारानि गरुम गलत क्रियाकलापमा लागेको भए समयमै सजक गराउ एक असल अभिभाबक बन्नुहोस बालवालिकाको भबिष्य अन्धाकर हुनबाट जोगाउनुहोस । यो महान अभियानमा जगदुल्लाका जनप्रतिनिधि र सरोकारवाला निकाय सबैको एक्यबद्धा रहेकोछ । सहकारीमा आबद्ध महिलाहरुले प्रत्यक महिनामा हुने मासिक बैठकमा समेत बालविवाह न्यनुनिकरणका लागि छलफल गरि रहेका छन ।