दुर्गमका पिडा समेटिएको “रातो किताब”को म्युजिक भिडियो सार्वजानिक

जैतुन अनलाइन | 2024-04-25

बैशाख १३,

डोल्पा :  दुर्गमको कथालाई समेटिएको रातो किताब शिर्षकको म्युजिक भिडियो सार्वजानिक भएको छ ।  बिहिवार चर्चित गायक सुरज पण्डितको अफिसियल युट्युव च्यानल मार्फत भिडियो सार्वजानिक भएको हो ।
हिमाली जिल्ला डोल्पाका त्रिपुराकोट,शहरतारा लगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोमा कहिल्यै पुराहुने नेताका चुनावी बाचा,दुर्गममा स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई देखाइएको कलाकार बषन्त उदासले बताए ।
त्यतिमात्र नभइ देशमा पहुँचहुनेलेमात्र सरकारी सेवा सुविधा लिने र सर्वसाधारण नागरिकहरु रोजगारीको खोजीमा विदेशीनु पर्ने अवस्थालाई समेत उजागर गरिएको । सञ्चारको समस्याका कारण सुचना आदान प्रदान गर्न महिनौ कुर्नु परेको कथा भिडियोमा यथार्थ चित्रण गरिएको छ । म्युजिक भिडियो मार्फत नेपाली राजनितिक नेतृत्वको असली चरित्र र दुर्गमको वास्तिाविक समस्यालाइ चित्रण गर्ने प्रयास गरिएको कलाकार लक्ष्मण देबकोटाले बताए । रेलको बाटो,सिँहदरबार लगायतका चर्चित गित गाएका सुरज पण्डितले रातो किताबमा शव्द ,संगित र स्वर दिएका छन् ।

यस भिडियो कथा निर्देशन लक्ष्मण सुनारले गरेकाहुन् भने भिडियो निर्माण माता त्रिपुरासुन्दरी मिडिया हव प्राली गरेको अध्यक्ष हरी पन्थीले बताए । म्युजिक भिडियो अभिनय भने लक्ष्मण देबकोटा,सुस्मिता कुँवर,बसन्त उदास,एन्जिला पन्थी,रत्न प्रसाद न्यौपाने,टेक शाही, पुणर् बिष्ट लगायतको रहेको छ । म्युजिक भिडियोमा जीवन्त अभिनय गरेका देबकोटा,उदास र पन्थी नेपाली सांगीतिक क्षेत्रमा नव उदयमान कलाकारहरु हुन् । उनिहरुले यस अघि रेलको बाटो,नुनको भारी,बैरागी लगायतका चर्चित भिडियोमा अभिनय गरिसकेकाछन् ।

सार्वजनिक प्राेजेक्टर मार्फत सावर्जनिक गरिएको म्युजिक भिडियो राताे किताब हेरेका दर्शकहरुले दुर्गमका नागरिकले भाेक्नु परेकाे पीडा विकृति विसंगति भरष्टचार र राजनीतिक नेतृत्वले जनतामा गरेका छलछामकाे चरित्रलाई उजागर गरेर बास्तविकतालाई कथाकाे माध्यमबाट सन्देश दिन खाेजेकाे प्रतिकृया दिएका छन ।