ठुलिभेरि नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

जैतुन अनलाइन | 2024-04-23

बैशाख ११
डाेल्पा : ठुलीभेरी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ। आदर्श माध्यमिक बिधालय जुफालमा यहीँ बैशाख ७ गते देखि ११ गते सम्म संचालित प्रतियोगितामा नगरपालिका भित्रका चार वटा माबिका छात्रा छात्रहरुले बिभिन्न विधाका खेलहरुमा सहभागीता जनाएका थिए।
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र भलिबलमा लक्ष्मी मा.बि थरगाउँ प्रथम भएकाे छ । सरस्वती माबि दुनै द्वितीय भएकाे छ ।
छात्रा भलिबलमा लक्ष्मी मा.बि थरगाउ प्रथम भएकाे छ। बिध्यामन्दिर माबि माझफाल द्वितीय भएकाे छ।
यस्तै छात्र तर्फ हाइजम्पमा आदर्श मा.बि जुफाल प्रथम, बिद्यामन्दिर मा.बि माझफाल द्वितीय र सरस्वती मा.बि दुनै तृतीय भएकाे छ।
छात्रा हाइजम्पमा बिद्यामन्दिर मा.बि प्रथम, लक्ष्मी मा.वि द्वितीय र आदर्श मा.वि तृतीय स्थान हासिल गरेका छन।
छात्र लङजम्पमा आदर्श मा.बि प्रथम, लक्ष्मी मा.वि द्वितीय सरस्वती मा.वि तृतीय भएका छन।
छात्रा लङजम्पमा आदर्श मा.बि प्रथम, बिद्यामन्दिर मा.वि द्वितीय सरस्वती मा.वि तृतीय भएका छन ।
छात्र त्रिपलजम्पमा बिद्यामन्दिर मा.वि प्रथम, सरस्वती मा.वि द्वितीय र आदर्श मा.वि तृतीय भएका छन ।
छात्रा त्रिपलजम्पमा आदर्श मा.वि प्रथम, लक्ष्मी मा.बि द्वितीय र बिद्यामन्दिर मा.वि तृतीय स्थान हासिल गरेका छन।
छात्र १५०० मि. दौडमा बिद्यामन्दिर मा.बि प्रथम, आदर्श मा.वि द्वितीय र सरस्वती मा.वि तृतीय भए भने छात्रा ८०० मि. दौडमा आदर्श मा.बि प्रथम, बिद्यामन्दिर मा.वि द्वितीय र लक्ष्मी मा.वि तृतीय भएका छन।
छात्र सटपुटमा आदर्श मा.बि प्रथम, बिद्यामन्दिर मा.वि द्वितीय र सरस्वती मा.वि तृतीय भए भने छात्रा सटपुटमा लक्ष्मी मा.बि प्रथम, आदर्श मा.वि द्वितीय र बिद्यामन्दिर मा.वि तृतीय भएका छन ।
ठुलीभेरी नगरपालिकाकाे सहयाेग सहकार्यमा आयाेजित प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताकाे साथ सम्पन्न भएकाे आदर्श माध्यमिक बिधालय जुफालका प्रधानाध्यापक बालकृष्ण डागीँले बताए । उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन ।