माघ १९,
डोल्पा : स्थानीय सरकारको जनप्रतिनिधिले पाउने सेवा समाजसेवामा खर्च गर्ने वडा अध्यक्षको घोषणा । डोल्पा जिल्ला काईके गाउँपालिका वडा नम्बर -६ का अध्यक्ष नरेन्द्र रोकायाले वडा अध्यक्षको हैसियतले पाउने सबै सेवा सुबिधा समाज सेवामा लगाउने घोषणा गरेका हुन । रोकायाले आफन्नै वडाका २५ बर्षिय तेजेन्द्र रोकाया र उनको कुरुवा सहित ३ जनाको जहाज भाडा २१ हजार सहयोग गर्दै अब आउने दिनमा आफ्नो वडाका गरिब दलित अशक्त र एक्कल महिलाइ बिरामि हुदा सहयोग गरेर आफुले पाउने सेवाको रकम खर्च गर्ने बताएका हुन ।
तेजेन्द्र रोकाया दाउरा टिप्न गएको बेलामा एक्कासि आएको ढुङ्गा लागेर खुट्टामा चोट लाग्दा जिल्लामा उपचार हुन नसकेपछि नेपालगन्ज उपचारको लागि रेफर गरेको थियो । आफ्नो वडाका कम्जोर आर्थिक अबस्था रहेका नागरिकको उपचारमा सदैब आफू लागि रहने वडा अध्यक्ष नरेन्द्र रोकायाले प्रतिबद्धता जनाए । रोकाया भन्छन हामी जनताको लागि अझै भनुम गरिब दुखी जनताको सेवा गर्न चुनिएका हौ सेवा गर्न पाउँद खुसी छु ।
घाइते रोकायाको नेपालगन्ज भेरी अस्पतालमा उपचार भइरहेको छ । यस सङ्गै ब्यास ॠषि तपोभुमी यातायात प्रालिले पनि बिरामीलाई निशुल्क यातायात सेवा प्रदान गर्दै आएको छ। काईके गाउँपालिका -६ का अध्यक्ष पहिलो वडा अध्यक्ष हुन जस्ले आफुले पाउने सेवा सुबिधाको रकम जनता र धार्मिक कार्यमा खर्च गर्ने घोषणा गर्ने । पछिल्लो समय काईके गाउँपालिकाले नागरिकको सेवा धेरै कुरामा सहजता बनाउदै आएको छ ।