ठुलीभेरीमा नगरस्तरिय पहिलो राष्ट्रपति रनिङ्शिल बैशाख ११ गते सम्म हुने : तस्विरमा हेर्नुहोस

जैतुन अनलाइन | 2024-04-20

बैशाख ०८,

जुफाल : ठुलीभेरी नगरपालिकामा राष्ट्रपति रनिङ्शिल प्रतियोगिता चलि रहेको छ । पहिलोपटक ठुलीभेरी नगरपालिकामा नगरस्तरिय राष्ट्रपति रनिङ्शिल प्रतियोगिताको आयोजना गरिएको हो । शुक्रबार बिशेष कार्यक्रमको आयोजना गरि आदर्श माध्यामिक बिद्यालयमा उद्धघाटन गरिएको आदर्श माध्यामिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण डाँगीले जानकारी दिए । ठुलीभेरी नगरपालिकाको आयोजनामा नगरस्तरिय राष्ट्रपति रनिङ्शिल आदर्श माध्यामिक बिद्यालयबाट शुभारम्भ गरिएको प्रअ डाँगीले बताए । ठुलीभेरी नगरपालिका भित्रका माध्यामिक बिद्यालयहरुले पहिलो नगरस्तरिय राष्ट्रपति रनिङ्शिलमा बिभिध बिधामा सहभागित जनाएका छन ।

पहिलो नगरपालिका स्तरिय राष्ट्रपति नरिङ्शिल प्रतियोगितामा महिला तथा पुरुष भलिवल,लमजम्प,हाईजम्प,सटफुट,१ सय मिटर,२ सय मिटर,८ सय मिटर र १ हजार ५ सय मिटर दौड प्रतियोगिता हुने आयोजक ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार खड्काले जानकारी दिए । खड्काले भने खेल जित्नैका लागि खेल्नुपर्छ तर खेलले अनुशासन र मित्रता पनि कायम गर्ने भएकाले खेलमा प्रेम बढाउन ठुलीभेरी नगरपालिकाले पहिलो पटक नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्शिल प्रतियोगिताको आयोजना गरिएको दावी गरे ।

ठुलीभेरी नगरपालिकाले आयोजना गरेको नगरपालिका स्तरिय राष्ट्रपति नरिङ्शिलको जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले पानसमा बत्ति बालेर उद्धघाटन गरेका थिए । खेलको उद्धघाटन सत्रमा राष्ट्रपति नरिङ्शिल प्रतियोगितामा सहभागि खेलाडीहरुले जिल्ला समन्वय समितिका प्रमुखलाइ सलामी अर्पण गरेका थिए भने उद्धघाटन कार्यक्रममा बिद्यार्थिले नृत्य समेत प्रस्तुत गरेका थिए । नगरपालिका स्तरिय राष्ट्रपति नरिङ्शिल उद्धघाटनमा जिल्लाका उच्च पदस्थ ब्यक्ति सहित ठुलीभेरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका साथै स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

उद्धघाटन सत्रमा भएको पुरुषतर्फको भलिवल खेलमा बिद्यामन्दिर माध्यामिक बिद्यालयले आदर्श माध्यामिक बिद्यालय जुफाललाई प्राजित गरेको छ भने शनिबार अन्य बिद्यालयले बिभिध बिधामा प्रतिस्प्रधा गर्नेछन । बैशाख ७ गतेबाट शुभारम्भ भएको नगरपालिका स्तरिय राष्ट्रपति नरिङ्शिल प्रतियोगिता ११ गते समापन हुनेछ । नगरपालिकाले आगामी बर्ष माझफाल र पालैपालो सबै माध्यामिक बिद्यालयमा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्शिल गर्ने भएको छ ।