डोल्पामा एक जनाको मृत्यू पछि कोरोना पोजेटिभ (गाँउपालिका शिल)

जैतुन अनलाइन | 2020-06-06

दुनै : डोल्पामा एक जनाको कोरोनाबाट मृत्यू भएको छ । जगदुल्ला गाँउपालिका ३ का ५८ बर्षका एकजना पूरुषको मृत्य भएको हो ।  यहि जेष्टको १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनको क्वारेन्टिनमा राखिएको थियो । उनि लामो समय देखी स्वास्प्रस्वासको रोग (दम)का रोगि भएकोले उनलाइ आरडिटि परिक्षण गरि घरमा होम आइसोलेशनमा राखिएको थियो ।

होम आइशोलेसनमा रहेका उनको २० गते मृत्यू भएको थियो । मृत्यू भएका उनको संकास्पद भएपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठनमा पिसिआर परिक्षणका लागि पठाउदा शनिबार उनको स्वाव परिक्षण कोरोना पोजेटिभ आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठनले जानकारी दिएको जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए ।
केहि सुरक्षाका साथ उनकाे दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेमी गाँउका अधिकाँश मानिसहरु संक्रमित भएको हुन सक्ने आशाँका गरिएको जैशिले बताए । गाँउपालिकाका सबै नाका शिल गरिएको र गाँउ सबै शिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।

उनले भने प्रदेश सरकारसँग सहकार्य भई रहेको छ सबै क्षेत्रबाट परिक्षणको लागि अपिल गरेका छौ यदि समयमा परिक्षण नगरिए गाँउपालिकामा ठुलो क्षेति हुने रोकायले चिन्ता ब्यक्त गरे ।  जिल्लाबाट स्वास्थ्यकर्मिको टोली जाने मृतकको सम्पर्कमा गएका सबैको बिवरण आएपछि प्रतिष्ठानबाट पनि आउने र परिक्षण गर्ने सुनारले बताए । हाल सबै वडा शिल गरेकोले नागरिकलाइ नआत्तिन प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । उनिसंगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए । उनिहरु हाल क्वारेन्टिनमा बसि रहेका छन ।