डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालकै सबैभन्दा धेरै रहेको तथ्याङ्क सार्वजानिक ।

जैतुन अनलाइन | 2024-04-19

बैशाख ०७,

दुनै : डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा नेपालकै सबैभन्दा धेरै रहेको तथ्याङ्क सार्वजानिक भएको छ । २९औँ बन्यजन्तु सप्ताहको समापनको अवसरमा डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा नेपालकै सबैभन्दा धेरै रहेको तथ्याङ्क सार्वजानिक गरिएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय डोल्पामा पत्रकार सम्मेलन गरी डिभिजन बन कार्यालय डोल्पाले यस्तो तथ्याङ्क सार्वजानिक गरेको थियो ।

अघिल्लो बर्षको बैशाखदे असोज सम्म करिव ६ महिना लामो समय ‘क्यामेरा ट्र्याप’ गरेर  डोल्पामा हिउँ चितुवाको सङ्ख्याको गणना गरिएको थियो । यसरी डिभिजन वन कार्यालयको क्षेत्रमा ६ महिना लामो समय लगाएर ‘क्यामेरा ट्र्याप’ गर्दा निकुञ्ज क्षेत्र भन्दा बाहिर बन क्षेत्रमा ३० वटा हिउँ चितुवा रहेको र बाँकी ९० वटा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरि डोल्पामा  १ सय २० वटा हिउँचितुवा  रहेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा हिउँ चितुवाको बासस्थान रहेको ३० हजार बर्ग किलोमिटर मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्दछ ।  वन तथा भूसंरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्वमा ‘डब्ल्युडब्ल्युएफ’ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताले सन २०१९ देखि नै हिउँचितुवाको सर्वेक्षण गरिएको छ । यो  सर्वेक्षणमा पूर्वी डोल्पाको शेफोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्रका अतिरिक्त हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) क्षेत्रलाई आधार मानिएको छ । यस महत्वलाई मध्यनजर गर्दै नेपाल सरकारले यस क्षेत्रमा महत्वपुर्ण प्रजातिको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राखि बिभिन्न कार्यक्रमहरु गरि रहेको छ ।

सन २०१९ देखि हाल सम्म गिरएको सर्वेक्षणमा प्रति १ सय वर्गकिलोमिटर क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको र डिभिजन बन कार्यकलय अन्तरगतको बन  क्षेत्रभित्र  ३० वटा हिउँ चितुवा रहेको पत्रकार सम्मेलनमा डिभिजन बन कार्यालय डोल्पाका प्रमुख मुन बहादुर रावतले जानकारी दिए ।  बन कार्यालय भन्दा  ४ वर्ष पहिले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रभित्र गरिएको सर्वेक्षणमा ९० वटा हिउँ चितुवा रहेको तथ्याङ्क बिश्व सिमसार दिवसमा नै सार्वजानिक गरि सकेको हुदा हाल डोल्पामा १ सय २० वटा  हिउँ चितुवा रहेको दुबै कार्यालयको दाबी रहेको छ ।

संरक्षित क्षेत्र (शे – फोक्सुण्डो राष्ट्रिय निकुञ्ज) मा  झन्डै ८० लाख र  संरक्षित क्षेत्र बाहिर (वन कार्यालयको क्षेत्रमा ) ३५  लाख खर्च भई हिउँ चितुवाको सर्भेक्षण (गणना) भएको थियो । डब्लु डब्लु एफ नेपालको  आर्थिक तथा प्राविधिक सहयोग र निकुञ्ज र वन कार्यालयको  नेतृत्व  र व्यवस्थापनमा  यस गणना सम्पन्न भएको डब्लु डब्लु एफ नेपाल डाेल्पाका कार्यक्रम अधिकृत चन्द्र जंङ्ग हमालले जानकारी दिए ।  हिउँ चितुवा सर्वेक्षणको लागि शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३ सय १९ ‘क्यामेरा ट्र्याप’ राखेर साढे एक महिनामा निकाल्नुपर्ने क्यामेरा हिमपातकाे कारण झण्डै ६ महिनामा निकालिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाका संरक्षण अधिकृत विश्वबाबू भन्डारिले जानकारी दिए ।

भण्डारीले भने डोल्पामा हिउँ चितुवाको संख्यामा बृद्धि हुनुमा बौद्ध धर्मालम्बीहरुको बस्ति रहेको कारण पनि धार्मिक हिसाबले चोरी शिकार नहुनु प्रमुख कारण रहेको दाबी गरे। सन २०२० मा नाउरको संख्या ४ हजार भन्दा धेरे थियो भने २०२१ मा नावरको गनणा गर्दा ४ हजार हाराहारी मात्रै भएको कारण पनि हिउँ चितुवाको संख्यमा बृद्धि भएको पुष्टि गर्न सकिने निकुञ्जको दावी छ ।

 नेपालमा सबैभन्दा बढी हिउँचितुवा डाेल्पामा पाइने भएकोले यस्को स‌ंरक्षणमा समेत चुनौती थपिएको छ भने यस्ले पर्यटनमा समेत टेवा पुर्याउने प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले बताए । प्रजिअ दाहालले भने अब सरकारले हिँउ चितुवा हुने क्षेत्रमा रहेको मानिसको पशु चौपायालाई हुने नोकस्सानी बारे सोचेर कार्यक्रम गरि हिउँ चितुवा संरक्षण गर्नुपर्ने सुझाब दिए ।

जिल्ला बन र शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले बन्य जन्तु सप्ताह को अन्तिम दिन हिउँ चितुवाको  तथ्यांक सार्बजनिक गरेर समापन गरेका छन । ‘क्यामेरा ट्र्याप’ गरेर  हिउँ चितुवाको सर्वेक्षणका लागि  सामुदायिक बन क्षेत्रमा ४० जना कर्मचारी र ३ जना डब्लुडब्लु एफ नेपाल बिज्ञ टोलिले सर्वेक्षण गर्दा ३० वटा हिउँ चितुवा रहेको जनाएको छ । त्यसैगरी शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रमा १ सय ५० जना कर्मचारी परिचालन गरि सर्वेक्षण गर्दा ९० वटा संरक्षित दुर्लब बन्य जन्तु हिउ चितुवा रहेको तथ्याङ्क छ ।

हिउँ चितुवा एक घुम्ने जनावर भएकोले यो १ सय २० किलोमिटर सम्म घुमि रहने हुदा यस्को संरक्षणमा सबैले लाग्न जरुरी रहेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायले सरोकारवाला निकायलाई आग्रह गरे ।  हिउँ चितुवा विश्वमै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा ४ हजारदेखि ६ हजार ५०० को सङ्ख्यामा रहेको अनुमान गरिएको छ । डब्ल्युडब्ल्युएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले हिउँ चितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन समुदायमा आधारित संरक्षणका प्रयासहरूलाई निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

तस्विर :  हिउँ चितुवाको  बन्य जन्तु बिभाग ,wwf nepal