बिरामी र दुखमा परेका नागरिकको सहारा -धन बहादुर बुढा

जैतुन अनलाइन | 2024-01-08

पुस २३,

डोल्पा : बिभिन्न घटनामा परेर उपचारका लागि शहर पुगेकाे बिरामीलाई नगद आर्थिक सहयोग गरि रहन्छन धन बहादुर बुढा । डोल्पा जिल्लाबाट २०७० सालदेखी निरन्तर ३ पटक संघिय सांसद बनेकाे धन बहादुर बुढा आफ्नो जिल्लाबाट बिरामी भएर उपचारमा आएका नागरिकलाई सहयोग गर्छन । बिरामीको अबस्था हेरेर १५ हजार देखी लाखौ रकम आर्थक सहयोग गरि बिरामीलाई हौसला प्रदान गरि रहेका छन ।  पुर्व पर्यटन राज्यमन्त्री समेत रहेका धन बहादुर बुढाले बिगत लामो समयदेखी काठमाण्डौमा पढ्नका लागि गएका दुखमा परेका बिद्यार्थि र अन्य नागरिकका साथै बिरामीलाई सकेजतिको आर्थिक सहयोग गरि रहेका छन ।

सोमवार मात्रै बुढाले मुड्केचुला गाउँपालिका ४ ईलकी रत्ना सार्किलाइ १५ हजार नगद सहयोग गरेका छन । बाख्रा गोठालो गएकाे बेलामा भिरबाट लडेर शक्त घाईते भएकी रत्नाको उपचारको लागि नगद सहयोग गरेको धन बहादुर बुढाले बताए । बुढाले भने मलाई यसरी दुखमा परेका र बिरामी भएर उपचारमा समस्यामा परेका आफ्ना जिल्लाका नागरिकलाइ थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुसि मिल्छ । महिनामा लाखौ खर्च हुन्छ हाल सम्म सयौ नागरिकको दुखमा साथ दिने अवसर पाएको छु यस्मा कुनैपनि राजनिति छैन नागरिकको बिसुद्ध सेवा गरेको हु सेवा नै धर्म भएको बताए ।

धन बहादुर बुढा भन्छन भन्नेहरुले अनेकन आरोप लगाएको देख्छु सुन्छु तर आलोचना गर्नेहरुलाई पनि छुट छ हरेकको बुझाईमा भर पर्ने हो मलाई कुनै दुख छैन । म पहिलो कुरा जिल्लाको प्रतिनिधित्व गर्ने एक अभिभवक हु मेरो जिल्लाको नगरिक दुखमा हुदा मेरो भुमिकाको नागरिकलाई खाँचो हुने भएकोले म सकेसम्म नागरिकको दुखमा साथदिने प्रयास गरेको छु । बिकासका लागि केहि नगरेको भन्ने आलोचना खेपी रहेका बुढाले दुखमा र बिरामी परेका नागरिकको भने निकै सारथि बनेका छन । उपचार गरेर फर्केका कयौ नागरिकले भन्छन धनबहादुर बुढा हाम्रा लागि दुखका सारथि बने उनलाई दुख कहिले नपरोस । बुढा भन्छन बिरामी र दुखमा परेका नागरिकलाई सहयोग त गरिनै रहन्छु अब जिल्लाको समग्र हितका लागि बिकास गर्ने गरि लागि रहेको परिणाम यहि कार्यकालमा देखाउछु धैर्य गर्न नागरिकलाई आग्रह समेत गरेकाछन ।