फागुन १३,
काठमाडौं : पुर्व पर्यटन राज्यमन्त्री तथा हालका प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले डाेल्पाका विभिन्न बिषयमा संघीय सदन मार्फत सरकारकाे ध्यानाकर्षण गराएका छन । आज आइतबार बसेकाे प्रतिनिधि सभाकाे बैठमा सभामुख द्वारा सांसद बुढाले गत माघ २१ गते डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. २ काईगाउँमा रहेकाे त्रिपुरा साधारण तथा प्राविधिक माध्यमिक बिधालयकाे चार काेठे प्रशासनिक भवनमा भएकाे भिषण आगलागीबाट महत्त्वपूर्ण कागजात जलेर नष्ट भएकाे र उक्त आगलागीबाट करिब ८५ लाख रुपैयाँ बराबरको क्षति भएकाे सरकारलाई जानकारी गरेका छन । भिषण आगलागीबाट क्षति भएकाे बिधालयमा भवन निर्माण र शैक्षिक अनुदान सरकारकाे तर्फबाट छिटोछरितो उपलब्ध गराउन सांसद बुढाले सभामुख मार्फत सरकारलाई आग्रह गरेका हुन ।
आईतवारकाे संघीय सदनमा माथिल्लो डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिकामा हरेक बाह्र बर्षपछि संचालन हुने बाह्र बर्षे डोल्पो शेल्री डुग्ड्रा मेलाकाे सरकारले प्रचारप्रसार गर्न र सरकारकाे तर्फबाट अवलोकन गर्न सभामुख मार्फत सांसद बुढाले सबै निकायलाई आग्रह गरेका छन । आगामी बर्ष २०८१ भाद्र २ गतेदेखि ५ गते सम्म संचालन हुने बाह्र बर्षे शे मेला धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण जनविश्वास रहेकाे हुदा सहभागी हुन सबैलाई आग्रह गरेका हुन । डाेल्पा जिल्लामा रहेका बाला त्रिपुरासुन्दरी मन्दिर, फाेक्सुण्डाे ताल, फाेक्सुण्डाे झरना लगाएतका दर्जन बढि धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थानमा एक पटक सबैजना पुग्न उनले आग्रह गरेका छन । सांसद बुढाले कहिले सदनमा बाेलेर त कहिले सदन बाहिर विभिन्न निकाय संग भेटघाट गरि समग्र डाेल्पालीकाे समस्या केन्द्र सम्म पुर्याउने र समाधानको लागि पहल गर्ने काम गरिरहेका छन ।