जिल्ला अदालतबाट वैतनिक सेवा लिन कुनै पैसा लाग्दैन : २९ मुद्धा अदालतबाट पैसला हुन बाँकी

जैतुन अनलाइन | 2024-04-01

चैत्र -१९,

डोल्पा : न्यायलय आफैमा निश्पक्ष हुन्छ र कतै कसैलाई न्याय दिन कुनै अन्याय गर्दैन भन्ने नागरिकमा बिश्वास रहेको छ । जिल्ला अदालतका कानूनी सहायतको लागि वैतनिक वकिलको ब्यब्सथा गरिएको हुन्छ । वैतनिक वकिलले जिल्ला अदालमा न्याय पाउनको लागि आएका तर कानून व्यावसायी राख्न नसक्ने असाहय अशक्त नावलक आर्थिक रुपले विपन्न वा थुनामा रहेका ब्यक्तिहरुलाई कानूनी सहयता उपलब्ध गराउने न्यायीक व्यवस्थालाई नै वैतनिक वकिलको ब्यवस्था भनिन्छ । यो सेवा लिनका लागि पिडित वा पिडकले कुनैपनि शुल्क दिनु पर्दैन । जिल्ला अदालतमा गएर आफुले न्याय पाउनका निमित्त वकालत गरिदिने वकिल राख्न नसक्ने प्रमाण पूरा गरि निबेदन दिएमा जिल्ला अदालतमा भएको वैतनिक वकिल मार्फत निशुल्क रुपमा न्यायलयमा वकालत गरी न्याय सम्पादनमा सहज बनाउने ब्यवस्था जिल्ला अदालतमा गरिएको हुने डोल्पा जिल्ला अदालतका न्यायधीश भोलानाथ ढकालले जानकारी दिए ।

जिल्ला न्यायधीश ढकालका अनुसार निजी वकिल र अन्य लेखापढि गर्ने लेखापढि ब्यावसायीले समेत वकाल त वा लेखापढि गरे वापतको लाग्ने शुल्क वा पारिश्रमिक पिडित वा पिडकबाट लिदा लिखित भरपाई वा बिल दिनुपर्ने कानुनी ब्यवस्था रहेको बताए । यसरी लिखित भरपाइ वा बिल लिएर गएमा जिल्ला अदालतबाट न्याय पाउदा अर्थात मेलामिलाप गर्दा सम्म पिडित र पिडक वकिल वा लेखापढी व्यावसाययीहरुबाट मोटो रकमको मारबाट छुटकारा पाउने समेत सूसुचित जिल्ला न्यायधीश ढकालले गराए ।

सोमबार जिल्ला अदालतमा जिल्लाका सञ्चारकर्मिहरुसँग अन्तरक्रिया गर्दै जिल्ला न्यायधीश भोलानाथ ढकालले भने डोल्पा भौगोलिक हिसाबले ठुलो जिल्ला भएकोले पनि जिल्ला अदालतबाट हुने न्याय सम्पादन र नागरिकले पाउने न्यायको सेवाका बिषयमा सबैलाई जानकारी दिन कठिन रहेको जिकिर गरे । अन्य जिल्लाको तुलनामा यस जिल्लामा मुद्धाहरु कम भएपनि भौगोलिक बिकटताको कारण फैसलाको लागि भने केही समय लाग्ने र कति घटना फैसला छिटो हुदा पनि आरोप लाग्ने र ढिलो हुदापनि न्याय ढिलो पाएको भन्ने आरोप आउने हुदा कसैलाइ अन्याय नहुनेगरी जिल्ला अदालतले फैसला गर्ने गरेको न्यायधीश ढकालको दावी छ ।

 

जिल्ला अदालतका न्यायाधीश भाेलानाथ ढकालले नागरिकलाई न्यायकाे पहुँचमा ल्याई पीडकलाई कार्वाही र पीडितलाई उचित न्याय प्रदान गर्न सत्य निष्पक्ष र तटस्थ भएर न्याय सम्पादन गरिने बताए । पछिल्लाे समयमा राज्यले नागरिकलाई न्यायकाे पहुँचमा ल्याउनकाे लागि विभिन्न नागरिक मैत्री कानुनी सहायता ब्यवस्था गरेपनि प्रचारप्रसार र चेतनाको कमिले अझै पनि राज्यले लक्षित गरेकाे वर्ग न्यायकाे पहुँच बाहिर रहेकाे जिल्ला न्यायाधीश ढकालकाे भनाई थियाे ।

अन्याय गर्नु भन्दा सहनु सबै भन्दा ठुलाे पाप भएकाे उल्लेख गर्दै अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी हरिगाेपाल ज्ञावलीले आर्थिक विपन्नता,असक्षमता र असाहायकाे कारण बहुसंख्यक नागरिक अझैपनि न्यायकाे पहुच बाहिर रहेकाेले जब सम्म लक्षित वर्गलाई न्यायकाे पहुँचमा ल्याईदैन तवसम्म राज्यले गरेकाे ब्यवस्था कागजमा मात्र सिमित हुने बताए । अदालतमा भएकाे कानुनी ब्यवस्था र सेवा प्रवाहाका बारेमा डाेल्पाका प्रत्येक घर आगनमा सुचना प्रवाहा गर्ने कार्यमा संचारजगतकाे महत्वपूर्ण भुमिका रहने भएकाले अदालतले पत्रकारप्रति ठुलाे आशा भराेसा र अपेक्षा राखेर पत्रकार भेटघाट कार्यक्रम राखेकाे श्रेस्तेदार ज्ञावलीकाे भनाई थियाे । डोल्पा जिल्ला अदालतमा वैतनिक वकिलको सहायताको लागि डोल्पाकै अधिवक्ता अनिता तिमिल्सिनालाई जिम्मेवारी दिएकोले नागरिकले सहजै वैतनिक सेवा लिन पाउने बिश्वास गरिएको छ । वैतनिक वकिलको सम्पर्क नम्बर नाम सबै विवरण जिल्ला अदालतको बाहिर टाँसिएको हुन्छ ।

यस आर्थिक बर्षमा जिल्ला अदालतमा ७० वटा मुद्धा रहेकोमा मंसिर देखी चैत्र सम्म ४१ मुद्धा फर्च्यौट गरि २९ मुद्धा मात्रै बाँकी रहेका छन । दुनियाबादीमा ७ दुनीयाबादी फौजदारीमा ८ सरकारी फौजदारीमा १४ गरी २९ मुद्धा फैसला हुन बाँकी रहेका छन भने जिल्ला अदालतको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको पाइएको छ । सम्बन्ध बिच्छेदका मुद्धामा अघिल्लो आर्थिक बर्षमा सरेर आएका १३ वटा नयाँ १० गरी २३ मध्य १९ को फैसला भएको र ४ वटा मुद्धा बाँकी रहेको जिल्ला अदालत डोल्पाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।