त्यस्तै ठुलीभेरि नगरपालिका माझफालकाे यार्सा स्पोर्ट क्लब लाई हराउँदै त्रिपुरासुन्दरी ११ मेयरकपकाे फाइनलमा पुगेको थियो । सेमीफाइनल खेलमा राम्रो प्रदर्शन गरेको फुल्चिङ युथ एसोसिएसनले फाइनलमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन । कार्तिक १५ गते देखि जारी तेश्रो त्रिपुरासुन्दरी मेयरकप खुल्ला भलिबल प्रतियोगिताकाे प्रथम स्थानको लागि फाइनलमा राष्ट्रिय स्तरका भलिबल खेलाडी द्वारा भरिपुर्ण त्रिपुरासुन्दरी ११ काे टीम र कर्णाली प्रदेश स्तरीय खेलाडीदवारा भरिपुर्ण फुल्चिङ युथ एसोसिएसनलेखेल खेलका थिए ।
हजारौ दर्शक माझ भएको यो खेल निकै रोमाञ्चक देखिएको थियो । त्रिपुरासुन्दरी ११ मेयर कपको विजेता भएसगै ट्रोफी सहित नगद रु. तीन लाख लगेको छ ।त्यस्तै फाइनलमा त्रिपुरासुन्दरी ११ देखि हारेर उप-विजेता बनेको फुल्चिङ युथ एसोसियसनले ट्रोफी सहित नगद रू. दुई लाख लगेको छ ।
त्यस्तै तृतीय स्थानको आज नै हुने भनेको खेलमा ठुलीभेरि गेस्ट हाउस नलगाड जाजरकाेट र यार्सा स्पोर्ट माझफाल विचकाे खेलमा ठुलीभेरि गेस्ट हाउस नलगाड जाजरकाेटले खेल नै बहिस्कार गरेपछि आयोजक टिमले यार्सा स्पोर्ट क्लबलाई तृतीय भएको घोषणा गरेको छ । तृतीय भएँ सगै यार्सा स्पोर्टले ट्रोफी सहित नगद रु. एक लाख लगेको छ ।आज समनपन हुने त्रिपुरासुन्दरी सासकृतिक महाेउत्सव तथा तेस्राे मेषर कप खुला भलिबल तथा ब्याडमिन्टन प्रतियोगितामा विजयी टिमहरुलाई ट्रफिसहित नगद राशिकाे पुरस्कार वितरण गरिने छ ।