ठूलीभेरी नगरपालिकाले ल्यायो ४३ करोड ९६ लाख ९३ हजारको बजेट खानेपानी कृर्षि सड्क स्वास्थ्य पहिलो प्राथमिक्तामा ।

जैतुन अनलाइन | 2022-07-03

डोल्पा : ठूलीभेरीनगरपालिकाको ९ औ नगरसभा सम्पन्न भएको छ ।कृषि स्वच्छ खानेपानी स्वास्थ्य शिक्षा र सडक विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९ ।२०८० को विनियोजित बजेट नीति तथा कार्यक्रमका साथ नगरसभा सम्पन्न भएको हो ।स्वच्छ खानेपानी स्वाथ्य कृषि शिक्षा र सडक विकास समृद्द नगरपालिकाको प्रमुख आधार भन्ने नाराका साथ उद्घाटन भई सम्पन्न भएको नगरसभाले ४३ करोड ९६ लाख ९३ हजार बराबरको वजेट विनियोजन गरेको छ ।विनियोजित बजेटमा चालु तर्फ २१ करोड ६५ लाख ६ हजार १८० पुजिगत तर्फ २१ करोड ४३ लाख ८ हजार ७०० र अघिल्लो आर्थिक वर्षको १ करोड गरेर ४३ करोड ९६ लाख ९३ हजार बरावरको वजेट विनियोजन गरेको हो ।प्रमुख अतिथी तथा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकाया ठूलीभेरीनगरका प्रमुख सुवर्ण बुढाले संयुक्त रुपमा पानसमा बत्ती बालेर नगरसभाको उद्घाटन गर्नु भएको थियो ।

नगरसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी जनचन्द्र रोकायाले जिल्ला र आफ्ना नागरिकको विकासमा कुनै कसुर बाँकी नराखेर लाग्नु पर्ने बताउनु भयो ।निर्वाचनको क्रममा राजनितिकदलको तर्फवाट टिकट लिएर निर्वाचित भइसकेपछि मेरोपाटी फलानाको पार्टी नभनेर साझा प्रतिनिधिको रुपमा काम गर्नु पर्नेमा उहाँको जोड थियो ।फरक फरक पालिकाको प्रमुख भएपनि जिल्ला र नगरको साझा विकासको एजेण्डामा आफ्नो पूर्ण सहयोग र सर्मथन रहने पनि प्रमुख अतिथी रोकायाले बताउनु भयो ।ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढाले नगरको समग्र सम्बृद्दि र सुशासनका साथ विकास गर्न सबैको हातेमालोको आवश्यकता रहेको उल्लेख गर्दै विगतका वर्षमा लोकतन्त्रको नाममा अघिल्ला जनप्रतिनिधिहरुले विकासमा लुटतन्त्र मच्च्याएको बताउनु भयो ।

नगरको विकास र सम्बृद्दिको लागि र गाउँ गाउँमा सिँहदरवार पुगेको नागरिकलाई अनुभूती दिलाउन हरेक पाइला पाइलामा नागरिकको खवरदारीको खाँचो रहेको पनि नगरप्रमुख बुढाको भनाई थियो ।ठूलीभेरी नगरपालिका वडाअध्यक्षहरुको तर्फवाट मन्तब्य राख्दै वडा नम्बर ९ का अध्यक्ष सुवास कठायतले ९ औ नगरसभावाट नगरको विकासका लागि डोजर एम्बुलेन्स खरिद शिक्षा खानेपानी र अर्गानिक कृष खेतीलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको बताउनु भयो ।उदघाटन सत्रमा नेपाली काँग्रेस,नेकपा एमाले नेकपा (मओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी जिल्ला भूमि आयोगका प्रतिनिधिले नगरसभाको सफलताको शुभकामना दिनु भएको थियो भने ठूलीभेरीका प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायाले स्वागत मन्तब्य दिनु भएको थियो ।