डोल्पा : शे–फोक्सुणडो राष्ट्यि निकुञ्ज वि.सं. २०४० सालमा स्थापना भएको हो । यो डोल्पा जिल्लाको २७२६ र मुगु जिल्लाको ८२९ गरि जम्मा ३५५५ बर्ग किलोमिटरमा फैलिएको छ ।यो निकुञ्ज २ हजार मिटर देखि ६८८५ मिटर सम्म उचाई रहेको छ । शे.फो.रा.नि लाई वि.सं. २०५५ सालमा “मध्यवर्ती क्षेत्र” (वफर जोन) घोषणा गरिएको हो । मध्यवर्ती क्षेत्रमा डोल्पाका ठुलीभेरी नगरपालिका,त्रिपुरासुन्दरी नगरपालिका,शे फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका,जगदुल्ला गाउँपालिका पर्दछन । मध्यवर्ती क्षेत्रबाट १८५८ घरधूरी लाभान्वीत रहको र शे.फो.रा.नि मा एक मध्यवर्ती व्यवस्थापन समिति र १७ वटा मध्यवर्ती क्षेत्र उपधोक्ता समिति रहेको शे फोक्सुण्डो राष्ट्यि निकुञ्ज डोल्पाका रेन्जर रामु केसीले जानकारी दिए ।
रेन्जर केसीका अनुसार, शे–फोक्सुणडो राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसावले सवैभन्दा ठुलो निकुञ्ज,नेपालको कम पानी पर्ने निकुञ्ज,उच्च हिमाली हावापानी पाईने निकुञ्ज,उच्च गुणस्तरको यार्सागुम्बा पाईने निकुञ्ज,सवैभन्दा बढी हिउँ चितुवाको घनत्व रहेको निकुञ्ज,नेपालको दोस्रो ठुलो फोक्सुण्डो ताल रहेको निकुञ्ज,११ औँ शताब्दीको निर्मित शे गुम्बा रहेको निकुञ्ज,विश्वकै अग्लो स्थानमा मानव बसोबास रहेको निकुञ्ज,नेपालको सवै भन्दा पछि पत्ता लागेको मानव बस्ती जस्ता थुप्रै विशेषता भएतापनि निकुञ्ज संरक्षणमा थुपै चुनौती तथा समस्या रहेको बताईएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ समय सापेक्ष संसोधन र परिमार्जन हुनु पर्ने,वन्यजन्तु बाट हुने क्षेतीको राहत सहयोग निर्देशीका २०६९ अनुसार राहात रकम वितरणमा कठिनाइ,प्रादेशिक सरकार मातहतमा जैविक विधिधता महाशाखा जस्तै वन्यजन्तु तथा वातावरण माहाशाखा नहुनु , यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ मा उल्लेख भएका तर स्थानिय स्तरमा समय सापक्ष नभएकोले केहि कठिनाई,नदीजन्य पैदावारको फरकफरक राजस्व रकम कायम रहेको,निकुञ्ज,मध्यवर्ती क्षेत्र र अन्य क्षेत्रको सिमा विवाद रहेको,पर्यटन प्रवद्र्धन संगैँ अतिक्रमणको समस्या,अवैध रुपमा जडिबुटी निकासी तथा पैठारी जस्ता निकुन्ज संरक्षणमा थुप्रै चुनौतीहरु देखिएको शे–फोक्सुणडो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
विश्व मै दुर्लभ मानिने वन्यजन्तु हिउँ चितुवा शे–फोक्सुणडो राष्ट्रिय निकुञ्जमा हाल १२० देखि १३० वटा सम्मको संख्या रहेको एक अध्ययनले देखाएको छ । डब्लु डब्लु एफ नेपाल र शे–फोक्सुणडो राष्ट्रिय निकुञ्जको सहकार्यमा रेडियो कलरिङ(जिपिएस) मार्फत हिउँ चितुवाको संख्या पत्ता लागेको हो । सन २०१९ मा जेब्रम र स्याम्लिङ नामक हिउँ चितुवालाई रेडियो कलरिङ(जिपिएस)जडान गरिएको र केहि समय पनि दुवैको मृत्यु भएको थियो । अध्ययन अनुसार प्राकृतिक प्रकोपको कारण एउटाको मृतु भएको देखिएको र अर्को अध्ययन भैरहेको जनाईएको छ । मृत्यु हुने दुवै भाले हिउँ चितुवा हुन । हिउँ चितुवाको संख्या,उनिहरुको वास स्थान,खान पान सुरक्षा लगाएतको पत्ता लगाउन पुन सन २०२१ मा दुइ वटा हिउँ चितुवालाई रेडियो कलरिङ(जिपिएस) क्यामेरा जडान गरि हेरिरहेको डब्लु डब्लु एफ नेपालका फिल्ड अफिसर चन्द्र जंग हमालले जानकारी दिए । पछिल्लो पटक घापीधाङरी ह्यूल र लाङघीङ नामक भाले हिउँ चितुवालाई रेडियो कलरिङ(जिपिएस) जडान गरिएको हमालले बताए ।
डब्लु डब्लु एफ नेपालको अनुसार हिँउ चितुवाको मुख्य आहारा मानिने हिमाली भेगमा पाईने नावर हाल शे फोक्सुण्डो राष्ट्यि निकुन्जमा २ हजार ४२ बाट बढेर ४ हजार १ सय ३६ पुगेको बताइएको छ । अध्ययन अनुसार नेपालमा ३०१ देखि ४०० सय सम्म हिँउ चितुवा रहेको मा सवै भन्दा बढी डोल्पाको शे फोक्सुण्डो राष्ट्यि निकुञ्जमा रहेका छन। जनचेताको कमीले स्थानियले आफ्नो बालीबोट तथा पशुवस्तु खाईदिएको रिसले हिँउ चितुवा मार्न सक्ने भन्दै दुर्लभ मानिने हिउँ चितुवा संरक्षणको लागि समुदायमा आधारित पशु विमा कार्यक्रम,५ वटा हिउँ चितुवा समिति,१ करोड ७० लाखको हिउँ चितुवा अक्षय कोष स्थापना गरेको शे–फोक्सुणडो राष्ट्रिय निकुञ्ज कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पामा संरक्षण योजना सम्बन्धी बहुपक्षीय सरोकारवाला निकाय विच बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डब्लु डब्लु एफ नेपाल को सहयोग र शे फोक्सुण्डो राष्ट्यि निकुञ्जको आयोजनामा बैठक सम्पन्न भएको हो । डोल्पामा सवै भन्दा ठुलो शे.फो.रा.नि,फोक्सुण्डो ताल,बहुमुल्य गुणस्तर यार्सागुम्बा,शे गुम्बा,सुलिगार्ड झरणा,हिमालहरु,दुर्लभ वन्यजन्तु हिउँ चितुवा,रेडपाण्डा लगाएतका वन्यजन्तु वनस्पती पाईन्छ । जिल्ला स्तरिय सरोकारवाला निकायको बैठकले संरक्षण योजना निर्माण गर्दा स्थानिय जनसमुदाय विच गएर सल्लासुझव संकलन गरि सवैलाई बन्यजन्तु तथा वनस्पती संरक्षण गर्नु मेरै दायीत्व र मेरै लागि हो भन्ने अनुभुती गराउनु पर्ने जोड दिएको छ ।
नेपाली सेनाको जनशक्ती कम भएपनि शे फोक्सुण्डो राष्ट्यि निकञ्ज क्षेत्र र निकुञ्ज बाहिर क्षेत्रमा सुरक्षा मजबुद दिइरहेको रामबाण गुल्म सुलिगार्ड डोल्पाका गुल्मपती सेनानी ईश्वर थापाले बताए । यहाँको भौगोलिक,संचार,हावापानीको कठिनाई भएता पनि सेनाले आफ्नो विभिन्न नयाँ प्रविधि मार्फत सुरक्षा गर्दै आएको र आगामी दिनमा पनि तयारी रहेको सेनानी थापाले बताए ।
देशमा संघियता लागु भएसंगै निकुञ्ज र स्थानिय तह वन्यजन्तु तथा वनस्पती संरक्षणमा कम समन्वय भए भन्दै आगामी दिनमा समन्वय गरेर काम गर्नु पर्ने ठुलीभेरी नगरपालिका डोल्पाका उपप्रमुख योगेन्द्र बहादुर शाहीले बताए । वन्यजन्तु र वनस्पती सकिए मानव अस्तीत्व पनि अन्त हुने प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले बताए । वन्यजन्तुको आहारा निकुञ्ज क्षेत्रका स्थानियका घरपालुवा जनावर हुन सक्ने भन्दै वन्यजन्तु संरक्षणको लागि कृषकलाई राहात भन्दा पनि पुरै क्षेतीपुर्तिको व्यवस्था गर्नु पर्ने आबश्यकता रहेको अधिकारीले बताए ।
शे फोक्सुण्डो राष्ट्यि निकुञ्जले विभिन्न सरोकारवाला निकाय,जिल्ला बासी,निकुञ्ज क्षेत्रका स्थानिय बासी संग समन्वय गरेर संरक्षण लाई अझ बलियो बनाउने शे फोक्सुण्डो राष्ट्यि निकुञ्ज डोल्पाका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताए । लोपउन्मुख हिउँ चितुवा लगाएतका वन्यजन्तु संरक्षणको लागि पहिलो हात निकुञ्ज क्षेत्रका स्थानियको रहेकोले यदि बन्यजन्तुबाट कुनै स्थानियको पशु तथा वालीमा हानिनोक्सानी भयो भने त्यसको क्षेतीपुर्ती दिने संरक्षण अधिकृत भन्डारीले बताए । मानाव जिवन होस् या पशुपंक्षी वनस्पती एकले अर्कोको संरक्षण विना बाच्न नसकीने भण्डारीले बताए ।