डोल्पामा काँग्रेसका नेतालाई गुट नबनाउन तरुण दलको सुझाब सबै एकजुट नभए ठुलो क्षेति ब्यहोर्नुपर्ने चेतावनी

जैतुन अनलाइन | 2021-10-27

दुनै : नेपाली काँग्रेसको यूवा संगठन नेपाल तरुणदलले शिर्ष नेतालाइ चेतावनी दिएको छ । नेपाली काँग्रेस डोल्पाका नेताहरुलाई गुटबन्दी नगरि एकता हुन नेपाल तरुण दल डोल्पाले आग्रह समेत गरेको छ । नेपाल तरुण दलको ६८ औँ स्थापना दिवस तथा भेटघाट कार्यक्रममा तरुणदलका सम्पूर्ण यूवा तथा नेताहरुले नेपाली काँग्रेस डोल्पाका पार्टी नेतृत्व वर्गहरु एकता नभए आगामी निर्वाचनमा नेपाली काँग्रेसले ठुलो क्षेती सहनु पर्ने भन्दै एकै मञ्चमा उभिन आग्रह समेत गरे ।
जव देशमा संकट आउछ अनि तरुण दल अवध्यक पर्ने भएकोले विगतको ईतिहासलाई सम्झदै नेतृत्व वर्गले सोच्नु पर्ने तरुण दल डोल्पाका उपाध्यक्ष भिम बोहोराले बताए । नेतृत्वले सहमतीमा एकता नगरे तरुण दललाई विर्सिदै जाने हो भने तरुण दलले आगामी दिनहरुमा त्यस्ता नेतृत्वलाई साथ दिन नसकिने उपाध्यक्ष बोहोराकोले ठोकुवा गरे । पार्टीमा गुट उपगुट भएता पनि तरुण दलमा भने सवै एकता रहेको उनको जिकिर छ । यस्तै डोल्पा काठमान्डौँ सम्र्पक समितिका अध्यक्ष कुशल विक्रम शाहीले पनि पार्टी नेतृत्वलाई एकता गर्न आग्रह गरेका थिए ।
नेपाली काँग्रेस डोल्पामा गुट र उपगुट भन्ने रोगको अन्त्य नगरे सम्म पार्टी अगाडी नबढ्ने नेपाली काँग्रेस डोल्पाका स्थापक नेता तथा ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष अर्ण बहादुर न्यौपानेले बताए । नेतृत्व वर्गको व्यक्ती वादी स्वार्थको कारण आफु सहित धेरै कार्यक्रताको क्रियाशील सदस्यता नै गायप भएको भन्दै समयमै नेतृत्वले नसोचे आगामी निर्वाचनमा पार्टीले ठुलो क्षेती ब्यहोर्नु पर्ने चेतावनी दिए ।

नेपाली काँग्रेस डोल्पाको नेतृत्वलाई एकता गर्ने प्रयास भैरहेको नेपाली काँग्रेस डोल्पा पार्टी सचिव जयनन्द (जयस) उपाध्याले बताए । डोल्पाको नेतृत्वको विवाद समाधान गर्न तरुण दलको मुख्य भुमिका हुनु पर्ने पनि उपाध्याले बताए । आगामी दिनहरुमा तरुण दल डोल्पाका सम्पुर्ण कार्यक्रताहरुलाई मिलाएर लैजाने नेपाल तरुण दला डोल्पाका अध्यक्ष तुल बहादुर बोहोराले बताएका छन । आगामी निर्वाचनमा नेपाली काँग्रेसको विजय हाशिल गराउन तरुण दलको मुख्य भुमिका रहेकोले सवै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्न तर्फ जोड दिनु पर्ने अध्यक्ष बोहोराले बताए ।
पार्टी सभापति र केन्द्रीय सदस्यको गुट फरक भएकोले जिल्लाको वडा अधिबेशन समेत हुन सकेको छैन । लामो समय देखि नेपाली काँग्रेस डोल्पाको शिर्स नेताहरु विच एक आफसमा चर्को विवाद बढ्दै आईरहेकोले पार्टीका शिर्ष नेताहरु भने तरुणदलको चियापान कार्यक्रममा समेत उपस्थित नभएपछि कार्यकर्ताले निकै आक्रोश ब्यक्त गर्दै नेताहरुलाइ समयमा सच्चिन चेतावनी समेत दिएका हुन ।
सदरमुकाम दुनैबजारमा मोटरसाईकल र्याली सहित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका अधिकांस पार्टी नेतृत्वहरु निमन्त्रणा गर्दा पनि नेपाल तरुण दलको स्थापना दिवस तथा भेटघाट् कार्यक्रममा सहभागी नभएको भन्दै तरुणलाई नसम्झने नेतृत्वलाई तरुणले पनि सहयोग गर्न नसक्ने तरुण दलका नेताहरुले बताए ।