जिल्ला प्रशासनको नेतृत्वमा सरकारी कार्यालयको सार्वजानिक सुनुवाइ गरिने

जैतुन अनलाइन | 2021-09-03

दुनै :  जिल्ला प्रशासन कार्यालय डोल्पामो नेतृत्वमा सार्वजानीक सुनुवाइ हुने भएको छ । पहिलो पटक जिल्लामा रहेका सरकारी कार्यालयको सार्वजानिक सुनुवाइ हुने भएको हो । संघ तथा प्रदेशका बिकासे योजनाका साथै सरकारी कार्यालयले नागरिकलाइ दिने सेवा सम्बन्धी सामुहिक रुपमा आम मासमा सार्वजानीक सुनुवाइ गर्न लागेको एक पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।प्रजिअ ढकालका अनुसार आउने २७ गते आईतबार बिहान ११ बजे जिल्लामा रहेका सबै सरकारी कार्यालयको उपस्थितिमा जिल्ला समन्वयमा प्राङगणमा सार्वजानीक सुनुवाइ गरिने बताए ।

सार्वजानीक सुनुवाईको लागी नागरिकको गुनासो स‌कलन गरिदिने बारे पत्रकारसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद अधिकारी

प्रदेश तथा संघका बिकासे योजनाका साथै सरकारी कार्यालयबाट आफुले पाएको सेवाबारे कुनैपनि नागरिकले खुलेर जिज्ञासा राख्न पाउने भएकाले सके सम्म सबै नागरिकलाइ उपस्थित हुन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढकालले दावी गरे । सरकारी सेवा पाउने बारे हरेक नागरिकले जान्न पाउनुपर्ने र आफुलाइ लागेको कुरा राख्न पाउनुपर्ने भएकाले सरकारी कार्यालयको सार्वजानीक सुनुवाइको थालनी गरिएको जिल्ला प्रशासनको जिकीर छ । सार्वजानीक सुनुवाइ कार्याक्रममा कुनैपनि कार्यालयका जिम्मेवार कर्मचारीले छुट नपाउने र अनिवार्य उपस्थिति हुनेपर्ने निर्देशन दिएको पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ ढकालले जानकारी दिए ।जिल्लामा पहिलो पटक हुन लागेको सामुहिक तथा एकिकृत सार्वजानीक सुनुवाई कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ डोल्पा शाखाले समेत गर्ने भएको छ । नागरिक सम्म पुगेर गुनासा संकलन गरिदिन जिल्ला प्रशासनले समन्वय समेत गरेको छ ।