रुपगाड खोलाको काठे पुल भाँचियो : यातायात ठप्प (तिन करोडको पुल अलपत्र)

जैतुन अनलाइन | 2020-09-15

दुनै :  जिल्लामा लामो समय देखि यातायताका साधन चल्दै आएको रुपगाड खोलाको काठेपुल भाँचिएको छ । ठुलीभेरी नगरपालिका वडा नं ८ मा पर्ने रुपगाढ खोलाको काठेपुल  सोमबार बिहान भाँचिएको हो ।  त्रिपुरासुन्दरी नगरपालिकाको सूपानिबाट खाद्य सामाग्रीहरु बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेपछि पुल भाँचिएको थियो ।  ट्रयाक्टरे बोकेको भार पुलले थाम्न नसकेपछि पुलको बिचको काठ भाँचिएपछि ट्याक्टर खाद्य सामाग्री सहित  बिचमै फसेको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिए ।

सदुरमुकाम दुनैबाट १३ किलोमिटर झुफाल बिमानस्थल र दुनैबाट त्रिपूरा सुन्दरी नगरपालिकाको सूपानि सम्मको १६ किलोमिटर सड्का चल्ने यातायातका साधनहरु ठप्प भएका छन ।  पुल भाँचिएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने मानिस  बिरामिहरुलाई पैदल यात्रा गर्नपर्ने बाध्यता रहेको छ । रुपगाड खोलाको काठेपुल भाँचिएपछि सदरमुकाम दुनै आउन दुइृवटा गाडि परिवर्तन गर्नुपर्ने बाध्यत फेरी सूरु भएको  छ ।

“तीन करोडमा पिलर मात्रै पुलका कुनैपनि कागजात छैनन कार्यालयले नै गायव”

तिन करोडमा बनेको मोटोरेवल पुलका आधा बनेको पिलर

रुपगाड खोलामा पक्की मोटोरेवल पूल निर्माणको लागि  जिल्ला बिकास समिति डोल्पाले टेन्डर खोलेर ०७३ सालमा टेण्डरमार्फत मित्र संजीवनी कन्ट्रक्सन प्रालीलाइ पुल निर्माणको काम सूरु गर्हान जिम्मा दिएपनि  तिन करोडमा पुलका पिलर मात्रै ठडीएका छन ।  तत्कालिन जिल्ला बिकास समितिको ३ करोडको लागतमा जिल्ला प्राबिधिक कार्यालयले रेखदेख गर्ने ०७३ सालमा पक्की मोटरेवल पुलको निर्माण शुरु गरिएको भएपनि हाल सम्म दुइृतिर आधा पिलर मात्रै बनाइएका छन ।
जिल्ला बिकास समिति डोल्पाले जिल्ला प्राबिधिक कार्यालय डोल्पाले रेखदेख गर्ने गरि जिम्मेवारी लियो ।  ०७३ सालमा टेण्डरमार्फत मित्र संजीवनी कन्ट्रक्सन प्रालीका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्ष भित्रमा पुलको निमार्ण कार्य पुरा गर्ने गरि कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिए तर जिम्मा लिएको ५ बर्ष सम्म पनि पुल निर्माण त के पिलर समेत पूरा भएनन ।
डोल्पामा  पुल निमार्णको जिम्मेवारी पाएको मित्र संजीवनी कन्ट्रक्सन प्रालीका प्रोप्राइटर गौरी उप्रेतीका डोल्पा प्रतिनिधि हिमबहादुर बुढाले आफुहरुले काम गरेको रकम समेत हालसम्म नपाएकाले काम रोकिएको बताए । तर यत जिल्ला बिकास समितिमा भने पुल निर्माण भएर रकम सबै भुक्तानी भएको स्रोत बताउछ। तत्कालिन जिबिसले भने निर्माणको काम भए नभएको कुनैपनि कागजात कहि कतैपनि नबुझाएको जिल्ला समन्वयको दावी छ । रुपगाड खोलाको पुल निर्माणको कागजात सबै ठेकेदार र कार्यालयका कर्मचारी मिलेर नष्ट गरेको आशँका गरिएको छ ।
निमार्ण ब्यवसायी हिमबहादुर बुढाले पेश्की स्वरुप लगेको रकमले स्थानीय ढुँगा गिटी बालुवा संकलन तथा पुलको दुबै तर्फको पिलर र खाल्डा खन्ने काममा ठिक्क भएको बताए । तत्कालिन जिबिसबाट पुल निर्माण शिर्षकमा २ करोड ७० लाख भन्दा बढी रकम भुत्तानी लिइसकेको स्रोतको दावी छ । पुल निमार्णकार्य सम्पन्न गरि सक्नुपर्ने समयवधी ०७४ चैत्रमा सकिसक्नु पर्ने भएता पनि तीन पटकसम्म म्याद थपगर्दा समेत हाल सम्म  निर्माणकार्य सम्पन्नहुन सकेको छैन ।

निर्माण कम्पनीले हाल सम्म पनि पुल निर्माण गर्न नसकेपछि त्यसबिचमा हरेक बर्ष दुइृ पटक भन्दा धेरै पटक यातायातका साधन चलाउन पुल निर्माण भए कहिले यातायात ब्यावसायिले आफै बनाए भने कहिले स्थाीय सरकारले बनाए । अघिल्लो आ ब मा डिभिजन बन कार्यालयले पुल निर्माण गर्यो तर सञ्चालनमा आउन नपाउदै बाढिले पुल बगायो पुन नगरपालिकाले करिब १५ लाखमा निर्माण गरेको काठे पुल खाद्य बस्तु बोकेको ट्याक्टरले भाँचिदियो ।

काम चलाउ रहेको काठे पुल समेत भाँचिएपछि दुनैमा  आउने खाद्य तथा दैनिक उपभोग्य सामाग्री ठप्प भएको छ भने बिरामी बोक्ने यातायातका साधन समेत रोकिएका छन । पुल भाँचिएको दुइृदिन बिति सक्दा समेत कुनैपनि निकायलाइ पुल निर्माण या मर्मतको लागि चासो भने रहेको पाइदैन ।