डोल्पामा जिप दुर्घटना ५ घाइते ३ जनाको अबस्था गम्भीर

जैतुन अनलाइन | 2020-09-07

दुनै : डोल्पामा जिप दुर्घटना हुदा पाचजना घाइते भएका छन । घाइते मध्य तिनजनाको अबस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको खदाङबाट वडा नम्बर ५को फुल्चीङ जाने क्रममा लु १ च ४२२९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा त्रिपूरा सुन्दरी नगरपालिका ५ बर्ष २४का रामबहादुर रोकाया सोहि वडाका बर्ष २५ का नरबहादुर रोकाया वडा नम्बर ६ बर्ष १३ का लोकचन्द्र बि.क.बर्ष २६का हिरा बि.क.र बर्ष २५ कि निमा पुन रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
डिएसपी रञ्जितकारका अनुसार घाइतेहरुको उद्धार गरि सबैलाइ जिल्ला अस्पताल ल्याउदै गरिएको र चालक रामबहादुर रोकाया,लोकचन्द्र बि.क. र नरबहादुर रोकायाको अबस्था भने गम्भीर रहेको बताए । सोमबार बिहान जिप दुर्घटना भएपछि प्रहरीले उद्धार गरि घाइतेहरुलाइ जिल्ला अस्पतालमा थप उपचारको लागि पठाएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना केकसरी भयो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । हाल सम्म डोल्पामा सवारी दुर्घटनाबाट २० जना भन्दा धेरेको ज्यान गईसकेको छ । डोल्पा राष्ट्रिय सड्मा जोडिएपनि कच्ची सड्क भएको कारण दुर्घटना धेरै हुने गरेका छन ।