जिल्ला अस्पताल जाने बाटो नागरीक समाजले सफाइ गर्यो

जैतुन अनलाइन | 2020-09-05

दुनै :  डोल्पा जिल्लाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पताल जाने बाटो सरसफाई गरिएको छ । शनिवार नागरीक समाज डोल्पाको नेतृत्वमा जिल्लाका विभिन्न सरोकारवाला व्यक्तीहरुको सहभागीतामा सरसफाई गरिएको हो । दुनै बजार स्थीत निर्वाचन कार्यालय नजिक देखि जिल्ला अस्पतालको गेट सम्म बाटोमा भरिएको झार जंगल फरानी गरी सरसफाई गरिएको छ ।

अस्पताल जाने बाटोमा झार जंगल बढेपछी स्टेचरमा विरामी बोक्न समस्या हुने भन्दै बाटो सरसफाई गरीएको नागरीक समाज डोल्पाका अध्यक्ष सेर बहादुर बुढाले बताए । जिल्लाका विभिन्न ठाउँका विरामीहरु उपचारको लागी आउने जिल्ला अस्पतालको बाटोमा झारजंगल बढेको थियो । सरसफाई कार्यक्रममा नागरिक समाज डोल्पाको अध्यक्ष सेर बहादुर बुढा,नेपाल पत्रकार महासंघ शाखा डोल्पाका अध्यक्ष बविकिशोर गुरुगँ, डिएसविएस डोल्पाका कार्यक्रम संयोजक योगेन्द्र बुढा, मानव अधिकार डोल्पाका अध्यक्ष यूवराज हिराचन,मिशन नेपाल डोल्पाको सँयोजक ओमेन्द्र केसी,निर्वाचन आयोग डोल्पाका प्रमुख सुमन राई, जिल्ला नापी कार्यालय डोल्पाका प्रमुख झलनाथ राना, शिक्षक हस्त बहादुर बुढा को सहभागीता रहेको थियो ।