शे–फोक्सुण्डो गाउँपालिकाको सातौँ गाउँ सभा सकियो २५ करोड बजेट प्रस्तुत

लेख बुढा | 2020-06-27

दुनै :  डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले सातौँ गाउँ सभा सम्पन्न गरेको छ । आ.ब. २०७७÷०७८ को बजेट शे–फोक्सुण्डो गाउँपालिकाले सातौँ गाउँ सभा बाट २५ करोड ८६ लाख४७ हजार ७ सय ९३ रुपैँयाको बजेट गाउँ सभाले घोषणा गरेको हो । बुधबार शेफोक्सुण्डो गाउँपालिको कार्यालय साल्दागँमा बसेको गाउँ सभाले उक्त बजेट घोषणा गरेको हो । आ.ब. २०७७÷०७८ शे–फोक्सुण्डो गाउँपालिकाले संघ को स्रोत अन्तरगत वितिय समानिकरणमा ६ करोड ७२ लाख, शर्शत अनुदान रकम ७ करोड ६१ लाख, राजश्व तर्फ ४ करोड ७० लाख १७ हजार ७ सय ९३ , बिशेष अनुदान तर्फ २ करोड, समपुरक अनुदान तर्फ १ करोड ३६ लाख, सामाजिक सुरक्षा तर्फ २ करोड ३४ लाख ७२ हजार बजेट रहेको छ । यस्तै प्रदेश स्रोत अन्तरगत समानीकरण तर्फ १ करोड १ लाख ७७ हजार, राजश्व तर्फ ८१ हजार बजेट रहेको छ भने आन्तरीक राजश्व तर्फ १० लाख गरी कुल बजेट २५ करोड ८६ लाख ४७ हजार,७ सय ९३ आ.ब. २०७७÷०७८ लागी शे–फोक्सुण्डो गाउँपालिकाले ल्याएको शेफोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिएका छन ।

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार आ.ब. २०७७÷०७८ मा शे–फोक्सुण्डो गाउँपालिकाले सातौँ गाउँसभा बाट पारित यस बजेटमा प्रत्येक वडामा खानेपानी, विधुत, शिक्षा, स्वास्थ, आत्मनिर्भरका लागी कृषि अनुदान कार्यक्रम,वडा कार्यालय भवनहरु,गाउँपालिको भवन,पर्यटन लगायतको कार्यक्रमहरु समावेश गरिएको जनाईएको छ । हिमाली जिल्ला ठुलो र भिरालो जमिन भएका कारण यहाँका स्थानियहरुलाई हरेक काम गर्न गाह्रो हुने भएकोले यहाँको भेषभुषा,रहन शहन,सँस्कृति,भौगोलीक स्थीती हेरेर अन्य कार्यक्रमहरु पनि राखिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

शे–फोक्सुण्डो गाउँपालिका भौगोलीक हिसावले ठुलो र जनसंख्या थोरै भएको कारण सातौँ गाउँसभाले यहाँको भौगोलीक हिसावमा सुहाउदो खालको कार्यक्रमहरु समावेस गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसिटुन्डुप गुरुङ्गले बताए । विकट भुगोल भएको कारण यस गाउँपालिको विकास का कामहरु अगाडी बढाउन नसकीएको अध्यक्ष गुरुङ्गको भनाई छ । डोल्पा जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तहहरु रहेका छन । शे–फोक्सुण्डो गाउँपालिकले गाउँ सभा घोषण गरी सकेको छ भने अन्य स्थानिय तहहरु घोषणा गर्ने तयारीमा रहेको जनाईएको छ । सरकारको निति अनुसार जेष्ठ १५ गते भित्र संघीय सरकारको बजेट, असार १ गते भित्र प्रदेश सरकारको बजेट र प्रत्यक स्थानिय तहहरुले असारको १० गते भित्र नगर र गाउँ सभा सञ्चालन गरी सक्नु पर्ने हुन्छ ।