जहाज चार्टर गरि (टर्किको च्याङ्लर) जातको ओखरका बिरुवा डोल्पा ल्याइयो

जैतुन अनलाइन | 2020-04-29

डोल्पा : जहजा चार्टर गरेर ओखरका बिरुवा डोल्पा ल्याइएको छ । तारा यएरको नाईनएन एईभि कलसाइन भएको ट्वीनअटर जहाजबाट १५ हजार ओखरका बिरुवा डोल्पा ल्याइएको हो ।
दाजुभाई जडीबुटि तथा फलफुल र्नसरी प्रा.लि. जुम्लाले टर्किबाट च्याङलर जातको ओखर खरिद गरेर डोल्पाको ओखर पकेट क्षेत्रमा लगाउनको लागि ओखरका बिरुवा ल्याईएको कृषि बिकास कार्यालयका प्रमुख भिमबहादुर धरालाले जानकारी दिए ।
धरालाका अनुसार डोल्पाको जगदुल्ला गाँउपालिका,मुड्केचुला गाँउपालिका,त्रिपूरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र काईके गाँउपालिकामा यो च्याङलर जातको ओखरका बिरुवा उपभोक्ता समुह मार्फत ओखर पकेट क्षेत्रमा लगाइने बताए ।
किसान समुहले प्रति बिरुवा ७५० का दरले उक्त र्नसरी प्रा.लि.बाट किन्ने सर्त गरिएको छ । फागुनमा ल्याएर लगाउनुपर्ने भएपनि टर्किबाट डोल्पा सम्म ल्याउन निकै धेरै समय लागेकोले बैशाखको अन्तिममा आएको र अहिले सम्म चिस्यान बनाएर राखेको बागबाणि बिकास छैटौ अधिकृत सरद लामाले जानकारी दिए ।
अधिकृत लामाका अनुसार नेपालगञ्जमा बिरुवाको सबै अबस्था हेरेर मात्रै ढुवानी गरेकोले बिरुवा ढिलै भएपनि सफल रुपमा फल दिने बताए । उनले भने कर्णालीको जुम्ला,हुम्ला,मुगू र डोल्पाका गरि ४० हजार टर्किबाट च्याङलर जातको ओखर ल्याएको जानकारी दिए ।
प्रधानमन्त्री आधुकिकरण कृषि परियोजनाको ब्लक फलफुल पकेट क्षेत्र कार्याक्रम र कर्णाली प्रदेश भुमी तथा कृषि सहकारी मन्त्रालयको कार्यक्रमको रकमबाट यि ओखरका बिरुवा खरिद गरेर ल्याइएको जिल्ला कृषि बिकास कार्यालय डोल्पाले जानकारी दिएको छ ।
निकै ढिला खरिद गरेर ल्याएका ओखरका बिरुवा भने सफल हुने या नहुनेमा कृषकहरु अनबिज्ञ रहेका छन । ठुलो लगानिमा आएका ओखरका बिरुवा पहिलो पटक डोल्पामा परिक्षण गरिदै छ । यस भन्दा पहिला जुम्लामा फलि सकेको छ ।
बरफ राखेर चिस्यान पारेर ल्याएको भनेपनि डोल्पाको बिमानस्थलमा भने सुख्खा बिरुवा झारेको कृषकको गुनासो छ । टर्किबाट ल्याएको च्याङलर जातको ओखरले एकै बर्षमा फल दिने कृषि बिकास कार्यालय प्रमुख भिमबहादुर धरालाले जानकारी दिए ।
सरकारले जेष्ट २ गते सम्म आन्तरीक तथा बाह्य हवाइ उडान रोकेको भएपनि कृषकका लागि आएका बिरुवाहरु लकडाउनको कारण महिना दिनदेखी नेपालगञ्जमा थन्कीएको र गर्मिले खेर जाने भएको कारण कृषि मन्त्रालयको आग्रह अनुसार जिल्लाबाट गृह मार्फत अनुमति मागेर जहाज चार्टर गरि बिरुवा डोल्पा ल्याएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
करिब दुई महिना ढिला गरि आएका बिरुवा भोली नै जिल्लाका सबै ओखर पकेट क्षेत्रमा जाने र लागइ हाल्ने कार्यालयले जनाएको छ । बिरुवा सफल हुनेमा बिश्वस्त हुन कार्यालयले कृषकलाइ आग्रह गरेको छ ।