त्रिपुरासुन्दरीमा सांस्कृतिक महाेत्सव तथा तेस्रो मेयर कप शुभारम्भ

जैतुन अनलाइन | 2023-11-02

कार्तिक १५ ,

त्रिपुराकोट : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट बगर बजारमा वाला त्रिपुरासुन्दरी सांस्कृतिक महोत्सव २०८० सुरु भएकाे छ ।त्रिपुरासुन्दरी नगरपालिकाको मुख्य आयोजनामा वाला त्रिपुरासुन्दरी साँस्कृतिक महोत्सव २०८० तथा तेस्रो मेयरकप सुरु गरिएकाे हाे । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख जनचन्द्र राेकाया, प्रमुख अतिथि जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले संयुक्तरुपमा महाेत्सवकाे औपचारिक रुपमा उद्घाटन गरेका हुन । यहीँ कार्तिक १५ गते देखि २५ गते सम्म ११ दिन सम्म विभिन्न सांस्कृतिक कार्यक्रम र खुल्ला भलिबल तथा ब्याटमेन्टिन प्रतियोगिता गरिने छ ।

पहिलाे दिन कार्यक्रमकाे उद्घाटन मात्र गरिएकाे थियाे। आयाेजककाे तर्फबाट कार्यक्रममा सहभागीलाई त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द धरालाले स्वागत मार्फत स्वागत गरेका थिए । यस्तै हिमाली जिल्लामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम मार्फत प्रचारप्रसार गर्ने उदेश्य संचालन गरिएको ११ दिन सम्म संचालन हुने कार्यक्रमलाई जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया,पुर्व कर्णाली प्रदेश सभा सदस्य बद्मी क्वारी बाेहाेरा(बुढा),प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेख्रेल,नेपाली कांग्रेस डाेल्पाका प्रतिनिधि जयस उपाध्याय,नेकपा एमाले डाेल्पाका सचिव लंक बहादुर राेकाया,नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य काली चलाउने,नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाका सचिवालय सदस्य मनराम ठकुल्ला,उध्याेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढा,नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा लगाएतका सहभागीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

यस्तै नगर प्रमुख जनचन्द राेकायाले कार्यक्रम भव्य रुपले सफल गर्नकाे लागि साथ सहयाेग गर्न सबैलाई अनुराेध गरेका छन। कार्तिक १५ देखि २४ गते सम्म संचालन हुने सांस्कृतिक महोत्सवमा लाेकदाेहाेरी गायिका शान्ति श्री परियार ,लाेकदाेहाेरी गायक पुष्कल शर्मा , गायिका समीक्षा अधिकारी , गायक भागीरथ चलाने , प्रकाश कँडेल , वसन्त उदास, लक्ष्मण देवकोटा , रमिता गुरुङ , शान्ताराम सेञ्चुरी लगायतका कलाकारहरुकाे प्रस्तुति रहने आयाेजक समितिले जनाएको छ। गायिका शान्ति श्री परियार ,गायक पुस्कल शर्मा,गायिका समीक्षा अधिकारी बाहेक अन्य कलाकार कार्यक्रम स्थल पुगिसकेको जनाईएकाे छ। खुला भलिबल प्रतियोगिताकाे लागि १० टिम र जिल्ला स्तरिय ब्याटमेन्टिन प्रतियोगिताकाे लागि १५ टिम दर्ता भएकाे जनाईएकाे छ । भलिबल प्रथम लाई रु ३ लाख र ब्याटमेन्टिन प्रथमलाई रु २५ हजार रुपैयाँ पुरस्कार राखि रहेकाे छ।