हावाले काईगाउँ स्वास्थ्य चौकि र मुड्केचुला ५ को वडा कार्यालयको छाना पुरै उडायो

जैतुन अनलाइन | 2024-05-01

बैशाख १९,

डोल्पा  : बुधबार बिहानैदेखी लागेको हावाहुरीले डोल्पाका बिभिन्न स्थानमा क्षेति पुर्याएको छ । जगदुल्ला गाउँपालिका वडा नम्बर २ काईगाउँको स्वास्थ्य चौकिको छाना हावा हुरीले उडाएको छ । बिहान ११ बजेपछि अत्याधिक चलेको हावाहुरीले काईगाउँ स्वास्थ्उ चौकिको छाना उडाएको स्थानीय हरिमान थापाले जानकारी दिए । थापाका अनुसार हावाले स्वास्थ्य चौकिको छाना पुरै उडाएर लगेको र छाना उडाएपछि स्वास्थ्य सेवा प्रबाहमा समेत प्रभाब परेको बताए । हावाहुरीले पालिकामा धेरै क्षति पुर्याएको हुन सक्ने तर जानकारी भने नआएको स्थानीय थापाले बताए ।

त्यसैगरि हावाहुरीले मुड्केचुला गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयको भवनको छाना पनि उडाएको छ । वडा कार्यालयको भवनको छाना उडाएपछि वडाका सामाग्रिहरु समेत खुला आकाश मुनि रहेको स्थानीयले जानकारी दिए । तत्काल वडाका सामाग्रिहरु ब्यवस्थापन गरेको भएपनि सेवाप्रबाहमा भने समास्या आउनेछ । बुधबारको हावाहुरीले जिल्लाभर ठुलो क्षेति पुर्याएको भएपनि यकिन विवरण भने कतै आएको छैन ।