बैशाख २०,
डोल्पा : जाजरकोट डोल्पा सडकखण्डको भेरी करिडोरमा हाल बिभिन्न स्थानमा पुल निर्माण भइ रहेका छन । जाजरकोट रुकुमको सिमानामा रहेको तल्लुबगरमा भेरी नदिमाथिको बेलीबृज पुल निर्माणको काम अन्तिम चरणमा पुगेपनि प्राबिधिक हिसाबले अझै केहि काम बाँकी रहेकोले सञ्चालनमा आउन सकेको छैन । तल्लुबगर भेरी नदिमाथिको पुल निर्माण भएमा सहजै डोल्पा सम्म यातायात सञ्चालनमा आउने र दैनिक उपभोग्य सामाग्रीहरु समेत आयात हुने भएपछि सबैको चासोको बिषय बनेको छ तल्लु बगर भेरी नदि माथिको बेलीबृज पुल ।
जनताको गुनासो र दबावलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय डोल्पाले निरन्तर अनुगमन र खवरदारी गरि रहेको छ । बुधबार मात्रै जिल्लाको सुरक्षाको टोलि सहित तल्लु पुगेर बिहिबार जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजबाट सबैमा जानकारी गराउदै जिल्ला प्रशासन कार्यालय डोल्पाले भनेको छ तल्लु देखी दुनैको रुपगाड खोला सम्मका पुल निर्माण र सड्कका खाल्डा पुर्ने काम तिब्र भइ रहेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले हाल सम्म पुल निर्माण र सड्क बिस्तारको लागि भएका काम यसरी फेसबुक पेज मार्फत सबै नागरिकलाइ जानकारी गराएको प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले जानकारी दिए । प्रजिअ दाहालले भने पुल मात्रै हैन सड्कमा भएका खाडल र अफ्ठ्यारा समेत भेरी करिडोरलाई भनेर मर्मतका काम गराइ रहेका छौ सबैले यस कुरामा साथ दिनु जरुरी छ ।
गरेको छ पढ्नुहोस जस्ताको तस्तै ।
१. मिति २०८१/०१/१९ गते श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूबाट सुरक्षा निकायका प्रमुखहरू र प्राविधिक सहितको टोलीले यस जिल्लाको लाइफलाइनका रुपमा रहेको भेरी कोरीडोर सडकखण्डको तल्लुबगरमा निर्माणको अन्तिम चरणमा रहेको बेलिबृज निर्माण कार्य विविध कारणले अवरूद्ध पाइएकोले सुरक्षा मापदण्डकासाथ यसको निर्माण कार्य अविलम्ब पुरा गरी मनसुन अगावै पुल सञ्चालनमा ल्याउन उक्त बेलीबृज निर्माणस्थलको अनुगमन/निरीक्षण गरी आवश्यक सामग्री आपूर्तिका लागि सहजीकरण गर्नुकासाथै स्थानीय सरोकारवालासहित आयोजना प्रमुख र निर्माण पक्षलाई बाँकी काम यथाशीघ्र सम्पन्न गर्न भनिएकोमा समयमै सक्ने दुवै पक्षले प्रतिबद्धता जनाई आज सामान प्राप्त भएपछि भोलिबाट बाँकी काम शूरू गर्ने जनाएको।
त्यसैगरी, तल्लुबगरमा पक्की पूल निर्माण कार्य शुरूवात भएको पाइयो।
२. भेरी कोरीडोर अन्तर्गत दुनै-तल्लुबगर खण्डको मर्मत सम्भारको कार्य यस अघिनै उक्त आयोजनालाई निर्देशन दिइएकोमा हाल उक्त कार्यको प्रगति हेर्दा केही स्थानमा सडक मर्मतसम्भारको कार्य भएता पनि पूर्ण रुपमा समस्याग्रस्त स्थानहरूमा मर्मतसम्भार बाँकी रहेको देखिएकोले थप क्रियाशिलताकासाथ मर्मत सम्भारको काम सम्पन्न गर्न आयोजनाले त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकासँग ती नगरक्षेत्रमा गरिने कार्यको समन्वय र अनुगमन गर्ने व्यवस्था मिलाइएको।
३. त्रिवेणीस्थित रूकुम पश्चिम र डोल्पाको मुड्केचुला गाउँपालिका जोड्ने जगदुल्ला हाइड्रो पावर र स्थानीयको लागि अत्यावश्यक पूल निर्माण कार्यलाई तीब्रता दिई समयमै सम्पन्न गर्ने विषयमा सम्बन्धित निर्माण पक्षसँग छलफल गर्दा थप गति दिई समयमै सम्पन्न गर्ने जनाएको।
४. भेरी कोरीडोर अन्तर्गतको रूपगाड नदीमा बनिरहेको बेलिबृज निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको। यस कार्यमा प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद र निरन्तर सहयोगको अपेक्षा राख्दछौँ
जिल्ला प्रशासन कार्यालयको फेसबुक पेज
https://www.facebook.com/profile.php?id=100070959080413