पुरुष सरह ज्याला चाहिन्छ भन्दै जगदुल्लामा महिलाहरुले मनाए श्रमिक दिवस

जैतुन अनलाइन | 2024-05-01

बैशाख १९,

जगदुल्ला : डोल्पाको जगदुल्ला गाउँपालिकामा महिलाहरुले १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन । समान काम समान ज्याला भन्ने मुला नाराका साथ जगदुल्लाका महिलाहरुले पुरुष सरह ज्यालाको माग गर्दै श्रमिक दिवस मनाएका हुन । मर्यादित काम  श्रमको सम्मान हाम्रो अभियान भन्ने मुल नाराका साथ श्रम दिवस बनाए ।

गाउँपालिकमा भेला भएका महिलाहरुले महिलाहरुलाइ पनि पुरुष सरह श्रमको सम्मान गरि श्रमको मुल्याङ्कन पुरुष सरह हुनुपर्ने माग राखेका थिए । महिला वालवालिका तथा जेष्ट नागरिक शाखा प्रमुख सविना बोहोराका अनुसार महिलाहरुलाई ज्यालामा असमान गरी रहेको भन्दै श्रमको उचित ज्याला हुनुपर्ने माग महिलाहरुले राखेको बताइन ।

संघियता पछि हरेक तहमा महिलाहरुको प्रतिनिधित्व हुदै आएपनि श्रममा भने बिभेद गरिएको महिला अगुवाहरुको आरोप छ । घर धन्दा चलाउन मात्रै महिलालाइ एउटा ट्याग लगाइएको भन्दै महिला समुहका महिलाहरुले सरकारले श्रम दिवस मनाएर हुदैन सबैलाइ समान श्रमको मुल्याङ्कन हुनुपर्ने दावी गरे । अन्तराष्ट्रिय श्रमिक दिवसकै अबवसरमा गाउँपालिकामा भएकाे प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक दिने अभिमुखिकरण गोष्टिमा महिलाहरुले पुरुष सरह श्रमको मुल्याङ्कन हुनुपर्ने जिकिर गरेका हुन । जगदुल्ला गाउँपालिकाले महिलाहरुको अधिकार र श्रमको बिषयमा बिभिन्न कार्यक्रम गरेर महिलाहरुलाई अगाडी सारिरहेको छ ।