सुदान्स कार्कीकाे “मेराे पहिलाे पहिलाे माया” म्युजिक भिडियो सार्वजनिक ।

जैतुन अनलाइन | 2023-10-11

डोल्पा : सुदान्स कार्कीकाे “मेराे पहिलाे पहिलाे माया” म्युजिक भिडियो सार्वजनिक भएको छ ।  नेपाली साङ्गितिक बजारमा माया प्रेमले सजिएको गीत सुदान्स कार्कीकाे म्युजिक भिडियो मेराे पहिलाे पहिलाे माया सार्वजनिक भएको हो । गीतमा राष्ट्रिय भलिबल खेलाडी बिबेक कार्कीको अभिनय देख्न सकिन्छ। यस भिडियोमा अभिनयमा साथ दिइएकी छिन बिना राउत र बालकलाकार शोरा कार्कीले ।

उत्तम थापा मगरको रचना तथा संगीत रहेको गीतमा चन्दु गोर्खालीको अरेज्मेन्ट रहेको छ । क्यामरा मेन बिशाल थापा एडिटर नकुल खड्काको रहेको छ। निर्देशक दिलिप समनले गीतको भिडियो उत्कृष्ट भएको र सबैले मन पराउनेमा आफु ढुक्क रहेको बताए । यस गीतलाई समिप इन्टर्टेमेन्टको युटुव च्यानलमा हेर्न सकिन्छ।साथै मुख्य सहायक निर्देशक सुनिल बुढाथोकीले गरेका छन् ।