खेलकुदकाे महत्त्व बुझाउदै दुनै बोर्डिङ स्कुल

जैतुन अनलाइन | 2023-10-14

 लेख बुढा, असोज २७

डोल्पा : डोल्पा जिल्लाको सवै भन्दा पुरानो सदरमुकाम दुनै बजारमा रहेको दुनै बोर्डिङ स्कुलको खेलकुद सप्ताह सम्पन्न भएको छ । यहि असोज २१ गते देखि सुरुभएको खेलकुद सप्ताह २६ गते सम्म विभिन्न अन्तरसदनात्मक प्रतिस्पर्धा गरिएको थियो । एक हप्ता सम्म संचालन भएको खेलकुद सप्ताहमा विभिन्न २० प्रकारका खेलहरु खेलाईएको थियो । खेलकुद सप्ताहमा विधार्थीहरुले विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।

खेलकुद सप्ताह समापन कार्यक्रममा बालबालिकाहरुले नेपालीहरुको महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान गरेर हाम्रो संस्कृतिको पनि महत्व छ भन्ने सन्देश प्रकट गरेका छन । बार्षिक शैक्षिक कार्यतालिका अनुसार विधार्थीहरुले खेलकुद सम्बन्धी आधारभुत ज्ञान लिन सकुन,खेल भनेको के हो ? खेलहरुमा नियम केके हुन्छन ? हाम्रो मानव जीवनमा खेलको महत्व कति छ ? लगाएतका खेलकुदका विषयमा प्राटिकल रुपमै ज्ञान दिने उदेश्यले खेलकुद सप्ताह संचालन गरेको दुनै बोर्डिङ स्कुल डोल्पाका प्रिन्सीपल लोकेन्द्र जैसी बताए ।

हाम्रा बालबालिकालाई पाठ्यक्रम संगै बाहिरि व्यवहारीक ज्ञान दिनु अहिलेको आवश्यकता रहेको प्रिन्सीपल जैसीको भनाई छ । बि.सं. २०५० सालमा डोल्पा जिल्लाका बालबालिकालाई अंग्रेजी माध्यमबाट पठनपाठनको लागि सदरमुकाम दुनै बजारमा स्थापना भएको दुनै बोर्डिङ स्कुलमा हाल कक्षा नर्सरी देखि कक्षा ८ सम्म अध्ययन अध्यापन भैरहेको छ । दुनै बोर्डिङ स्कुलमा अध्ययन गरेका थुप्रै विधार्थी पाईलोट,डाक्टर,ईन्जिनियर लगाएत सरकारका विशिष्ट श्रेणीमा पुगेका छन ।