हिउँचितुवाको आक्रमणबाट १० बर्षे बालिका घाइते ।

जैतुन अनलाइन | 2024-05-29

जेठ १६,

डोल्पा :  डोल्पामा हिउँचिुताको आक्रमणबाट एक बालिका भम्भिर घाईते भएकी छिन । हिउँचितुवाको आक्रमणबाट घाइते हुनेमा शे–फोक्सुण्डो गाउँपालिका – १  सुम्धेरकि १० वर्षिया नाम्खाङसाङमु लामा रहेकी छिन् ।  च्याङ्ग्राको गोठालो गरिरहेका दुई आमाछोरीलाई मंगलबार राति च्याङ्ग्राको गोठमा सुतिरहेको अवस्थामा आक्रमण गर्दा छोरी घाईते भएकी थिईन ।

१० बर्षीया वालिका लामालाई हिउँचितुवाले  गोठबाट लतारेर करिब २ सय मिटर टाढासम्म लिने क्रममा लामाको टाउकोमा गभ्मीर छोट लागेको हो ।  टाउकोमा गम्भिर चोटले घाइते भएकी  लामाको स्थानीय सालदाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको स्वास्थ्यचौकी इन्चार्ज निमा धार्के गुरुङले बताए ।

स्थानीय स्वास्थ्य चौकिमा उपचार भई रहेपनि उनको टाउकोमा धेरै चोट लागेको हुनाले थप उपचारको लागि शहर लैजनुपर्ने अबस्था रहेको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्षले पेमावाङ्छेन गुरुङ्ले बताए । उपाध्यक्ष गुरुङ्गका अनुसार हिउँचितुवाले टाउकोमा कोतारेर धेरै चोट लागेको छ समयमा राम्रो ठाँउमा उपचार गरे वालिकाको स्वास्थ्यमा थप जटिलता आउनेछैन ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ भानिने हिउँचितुवाले पशुचौपाय मारेमा क्षतिपुर्ति दिने गरेको छ । हिउँचितुवाले मानिसलाई नै आक्रमण गरेको भने यो पहिलो घटना हो । बिश्वकै सबै भन्दा बढि घनत्वमा हिउँचितुवा डोल्पामा पाईन्छ ।