बिरामीको बिश्वास आम्चीको (लुम) उपचार बिधिमा

जैतुन अनलाइन | 2024-12-12

मंसिर २७,

डोल्पा : आम्चीको (लुम) उपचार बिधिमा बिरामीको बिश्वा बढ्न थालेको छ । डोल्पाको माथिल्लो भेग अर्थात भोट क्षेत्रमा पुस्तौदेखी गरिदै आएको आम्ची उपचार बिधि हाल सबै क्षेत्रमा उपचार गरिन लागिएको हो । शे-फोक्सुण्डो गाउँपालिका-४ का ५५ बर्षिय आम्ची पेम्बाछोईवेल (पेछे) ले दुईदशक भन्दा धेरै समयदेखी आम्चीको (लुम) उपचार बिधिमा बिरामीको उपचार गर्दै आएकाछन । बिभिन्न १ सय भन्दा धेरै जडिबुटीहरुको मिश्रणबाट गरिने यो उपचार हाल डोल्पाका धेरै बिरामीले गर्दै आएको र रोग समेत निधान भएको बिश्वास गरिन्छ ।

आम्चीको (लुम) उपचार बिधिबाट सबैभन्दा धेरै चिसोबाट लाग्ने रोगका बिरामीका लागि उत्तम रहेको स्थानीय उर्नेगन बुढाले बताए । बुढाले भने उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने मानसिमा चिसोकै कारणा धेरै खाले रोग लाग्ने भएकोले पनि आम्चीको (लुम)  बिधिबाट गरिने उपचार प्रभाबकारी रहेको र धेरैले बिश्वास गर्ने जानकारी दिए । एलोपेथिक भन्दा पनि माथिल्लो डोल्पाका नागरिकले आम्चीको (लुम)  बिधिकै उपचारमा बिश्वास गर्ने र बिरामी पनि यो बिधिमा उपचार पछि ठिक हुने दावी बुढाले गरे।

पस्तौदेखी उपचारमा प्रयोग गरिदै आएको आम्चीको (लुम)  बिधिको उपचार २४ बर्ष देखी आम्ची पेम्बाछोइबेल (पेक्ष)ले माथिल्लो डोल्पामा गर्दै आएको बताए । आम्ची (पेक्ष) ले भने हरेक बर्ष ६० जना भन्दा धेरैको उपचार गर्दै आएको छु तर हाल उपचारमा प्रयो गरिने जडिबुटीको उत्खनन अत्याधिक हुदै गएको कारण जडिबुटी संकलनमा कठिन हुने भएकोले ‍औषधि उत्पादन कम हुदा उपचार पनि कम हुने गरेको बताए । (पेक्ष) भन्छन कति जडिबुटी त दशाैँ बर्ष लाग्छ उत्पादन भएर प्रयोगमा आउन तर संरक्षण नहुदा आम्ची बिधिले उपचार हुने रोग बढि रहने खतरा रह्यो सरकारले समयमा ध्यान दिनुपर्छ ।

आम्चीको (लुम)  बिधिवाट गरिने उपचार शरिरका बिभिन्न भागहरुको दुखाई,जोर्निको दुखाई,नशामा आउने समस्या,महिलाहरुको पाठेघरको समस्याहरु,शरिरका अरु दुखाइको बिषेश उपचार हुने गरेको छ । दिनमा ३ पटक र एक हप्तासम्म नियमित जडिवुटीको औषधिबाट गरिने यो उपचारले धेरैको रोग निको पारेको बिरामी पेम्बा गुरुङ्गले बताए । अहिले पनि थप उपचारमा रहेका पेम्बाले भने धेरै अस्पतालमा गएर निको नभएको दुखाइ आम्चीको (लुम) उपचार बिधिबाट गरेपछि ठिक भयो हाल म स्वस्थ भएको दावी गरे ।

नेपालका बिभिन्न अस्पतालमा गएर १० लाख भन्दा धेरै खर्च गरेका त्रिपुरा सुन्दरी नगरपालिका ७ का धनचन्द्र रोकायाले यहि आम्चीको (लुम)  बिधिको उपचारबाट रोगवाट मुक्त पाए । ५० बर्ष भन्दा धेरै उमेरका धनचन्द्रले नियमित ३ महिना उपचार गरेपछि उनको जोर्नि र नशाको रोग निधान भयो हाल उनि सहजै हिड्न सक्ने भएका छन । चिसोका कारण जोर्निमा आएको समस्याले घरमा थलिएका भिजेर ५ का लामो गुरुङ्ग पनि यहि बिधिको उपचारबाट निको भए । माथिल्लो डोल्पामा निकै धेरै प्रयोगमा रहेको आम्चीको (लुम) उपचार बिधि हाल तल्लो डोल्पाका बिरामीले समेत उपचार गर्न थालेका छन । एकपटकमा बिरामीलाई प्रयोग गरेको औषधि दुईपटकपछि परिवर्तन गरिने गरिएकोले औषधिको मात्रा धेरै खर्च हुने गरेको छ ।

आम्ची पेम्बाछोइबेल (पेक्ष)ले माथिल्लो डोल्पामा घरमा आफ्नै निजी आम्ची राखेर बिरामीलाई औषधि दिन्छन र उपचार गर्छन भने दुनैमा आएको बेलामा पनि घरमा भएका साधनस्रोत प्रयोग गरेर विरामीको उपचार गरिरहेका हुन्छन । आम्ची काठमाण्डौ हुदा पनि बिरामीको उपचार गरि रहने बताउछन । आम्ची पेम्बाछोइबेल (पेक्ष) भन्छन अव जडिबुटी उपाउदैन सजिलो छैन उपचार गर्न । माथिल्लो डोल्पाका सबैजसो क्षेत्र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएकोले जडिबुटी संकलमा समेत कठिन हुने र भएको जडिबुटी पनि ब्यापारीले उत्खनन गरेर झनै समस्या रहेको आम्ची पेम्बाछोइबेल (पेक्ष) ले दुखेसो सुनाए । तातो पानिमा कुवा वा ठुला भाँडामा बिरामी राखेर जडीबुटी हालेर उपचार गरिने आम्चीको (लुम) उपचार बिधिको प्रयोग बिस्तारै बढि रहेको छ । यो बिधिबाट गरिने उपचारको सबै सेवाहरु निशुल्क हुने गरेको छ ।