मंसिर २२,
जगदुल्ला : नेकपा (एमाले) डोल्पाले पालिका अधिवेशनलाई पहिलो प्राथमिकतामा राखेर पालिका अधिवेशन गरि रहेको छ । शुक्रबार जगदुल्ला गाउँपालिकामा पालिका अधिवेशन गरेको छ । नेकपा (एमाले) को ७ औँ जिल्ला अधिवेशन पछि पालिका अधिवेशन गर्ने पहिलो पालिका जगदुल्ला भएको छ ।
नेकपा (एमाले) जगदुल्ला गाउँपालिकाले पहिलो अधिबेशन गरी पार्टिका केन्द्रीय सदस्यदेखी जिल्लाका पारटी अध्यक्ष र अन्य नेताहरुको उपस्थिति गराएको हो । पार्टिको बिधि बिधान अनुसार जिल्ला अधिवेशन पछि पालिका अधिवेशनको बिशेष महत्व हुने भएकोले मौसम र कार्यकर्ताको सहकार्यमा मंसिर २१ गते पालिका अधिवेशन गरेको नेकपा (एमाले) जगदुल्ला गाउँपालिका सचिव सुरेन्द्र बोहोराले जानकारी दिए ।
गाँउ तथा पालिकामा पार्टिका कार्यकर्ताको अपेक्षा धेरै भएपनि सहजै पुरा गर्न सक्ने अबस्था नभएपनि बिकासको लागि र पार्टिको हितमा नेकपा (एमाले) सधैभ तमतयार रहेको नेकपा (एमाले) एमाले केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोराले बताइन । अब हरेक पालिकाले मिसन ८४ लाइ मध्यनजर गरी काम गर्नुपर्ने र मिसन ८४ सफल पारेर नेकपा (एमाले) पार्टी पहिलो पार्टी बनाउनुपर्ने बोहोराको आग्रह थियो ।
नेकपा (एमाले) अब पार्टिको बिधि बिधान बाहेक अरु भावनामा नचल्ने पार्टी भएकोले ढुक्क भएर पार्टीको काम गर्न नेकपा (एमाले) डोल्पाका पार्टि अध्यक्ष लंक बहादुर रोकायाले कार्यकर्तालाइ बिश्वास दिलाए । रोकायाले भने भनुसुन र हुनेखानेको आधारमा पार्टिले निर्णय गर्दैन कामका आधारमा जनताको सेवा गर्न नेता चयन गर्ने गरी पठाउछ । हामीले दुई निर्वाचनमा मात्रै हार ब्यहोरेका हौ तर जनताको मनमा हामी सधैभ छौ जनताले नेकपा (एमाले)लाइ मायाँ गर्नेमा कुनै संका नरहेको समेत रोकायाले दावी गरे ।
पालिका अधिवेशनमा कार्यकर्ताले पार्टीका नेताले जनताको भावना बुझ्नुपर्ने र पैसाले मात्रै राजनिति गर्न सक्ने कुराको अन्त गर्नुपर्ने शब्द रहेका गित तथा नृत्य प्रस्तुत गरेको थिए । हर्ष र उल्लासका साथ पालिका अधिवेशनमा उपस्थित रहेका कार्यकर्ताले पहिलो पटक जिल्लाका नेताहरुको ठुलो उपस्थिति भएको पाएपछि उत्साहित भएको र अब जगदुल्लामा नेकपा (एमाले) ले हरेक कृयाकलापमा सक्रियता झन बढाउदै जाने नेकपा (एमाले) जगदुल्ला गाउँपालिका अध्यक्ष कमल रोकायाले प्रतिबद्धता जनाए ।
उद्धघाटन सत्र समापन पछि बन्द सत्रको शुभारम्भ भएको र शनिबार बिशेष कार्यक्रमका बिच अधिवेशनले नयाँ नेतृत्व चयनमा गर्ने नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले जानकारी दिए । रोकायाका अनुसार सर्वसम्मत अनि क्रियाशिल र युवाको नेतृत्व आउनेछ कहि कतै निर्विबाद जगदुल्ला गाउँपालिकाले नयाँ पालिका कमिटी गठन गर्नेछ । मंसिर महिना भित्र तल्लो डोल्पाका ५ पालिका अधिवेशन गरि सक्ने गरी लागि रहेको पार्टी अध्यक्ष रोकायाले दावी गरे ।