क्याम्पस रोड र रङ्गशाला क्षेत्रको निर्माणाधिन सड्क अनुगमन

जैतुन अनलाइन | 2024-12-04
मंसिर १९,
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कंडेल ज्यू भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री माननीय शेर बहादुर बुढा ज्यू सचिव ज्यु लगायतको टोलीले निर्माणाधिन सड्कको बुधवार बेलुका ५ बजे अनुगमन गर्नु भएको छ ।
१० औँ राष्ट्रिय खेलकुद हुने कर्णाली प्रदेशको बिरेन्द्रनगर रङ्गशाला क्षेत्रको पूर्व र दक्षिण क्याम्पस रोडमा हाल सड्क निर्माणको काम तिव्र भइ रहेको छ । न्यू दिपक लक्षमण जेभीले ५ करोड ७४ लाखमा उक्त सड्क निर्माणको जिम्मा लिएर कामलाई तिव्रता दिएको छ ।
निर्माण कम्पनीका कामबाट कर्णाली प्रदेशका मुख्यमन्त्री पूर्ण रुपमा सन्तुष्ट हुनुहुन्छ भने अनुगमन क्रममा त्यस क्षेत्रका जनताहरु समेत खुसि भएको पाइएको छ । निर्माण कम्पनीले यहि पुस १५ गते सम्म काम सम्पन्न गर्ने समय निर्देशनालयका निर्देशक सुर्य बहादुर शाहीले जानकारी दिए । पछिल्लो समय भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले कर्णालीमा काम अलपत्र पार्ने ढिलाइ गर्ने निर्माण व्यावसायीहरुलाई नियमित रुपमा छलफल र काम गर्न चेतवानी समेत दिइ रहेको छ ।