भदौ ०९,
सुर्खेत : कर्णाली प्रदेशमा विकास निर्माणले गति नलिनुको पछाडी भौगोलिक बिकटा नै प्रमुख कारण बनेको छ । आईतबार कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यमा निर्माण ब्यावसायी र मन्त्रालय बिच छलफल भएको छ । उक्त छलफलमा कर्णालीको भौगोलिक बिकटतालाई हेरेर विकास निर्माणका योजनाहरुमा तिव्रता दिन भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले निर्माण ब्यावसायीलाइ आग्रह गरे । मन्त्री बुढाले भने बहुबर्षिय योजनाहरुको कामले कर्णाली प्रदेशमा अपेक्षाकृत प्रतिफल नदिएको कारणा कर्णालीको विकासमा सम्मस्या उत्पन्न भएको र नागरिकले सास्ती खेपी रहेको बताए ।
मन्त्रालयले कुन कुरामा सहयोग गर्नुपर्ने हो निति,ऐन तथा कार्यबिधि अनुसार सबैखाले सहयोग निर्माण ब्यावसायीयलाई गर्न तयार रहेका छौ तर यो या त्यो बहानामा विकास निर्माणका लागि लागेका बहुबर्षिय आयोजनाहरु निर्माण ब्यावसायीले अलपत्र पार्ने देखी लिएर पेश्कीको काम समेत पूरा नगर्ने खाले कार्य नगर्न मन्त्री बुढाले निर्माण ब्यावसायीलाइ आग्रह गरे । मन्त्री बुढाले भने निर्माण ब्यावसायीले जिम्मा लिएका बहुबर्षिय मात्रै हैन कुनैपनि आयोजनाहरु समयमा सम्पन्न गर्नुपर्ने र कहि कतै कार्यालय वा मन्त्रालयबाट बाधा रहेको भएमा सहजता बनाउछौ तर काम जनातले अनुभुति हुनेगरी हुनुपर्छ ।
मन्त्री बुढाले निर्माण ब्यावसायीलाइ भने कर्णालीमा ठेक्का लिदा गर्दा स्थलगत रुपमा अध्ययन गरी लिनुपर्छ । निर्माण ब्यावसायीले आयोजना जिम्मा लिएपछि कार्य योजना तयार गरे अनुसार काम गर्नुपर्ने बताए। काम नगर्ने निर्माण ब्यावसायीहरुलाइ मुख्यमन्त्री यामलाल कडेलले भने प्रदेश सरकारको बजेटबाट विभिन्न आयोजनाहरुको ठेक्का लिने, तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति बढेको समयमा काम नहुनुको कारण के हो भन्रेबारे चासो राखेका थिए । छलफलमा मुख्यमन्त्री कँडेलले समस्या नभएका ठाँउमा पनि समस्या देखाएर विकासका कामहरु रोक्ने प्रवृत्तिलाई अब सरकारले निरुत्साहित गर्ने बताए ।
मुख्यमन्त्री कडेलले भने, ‘जहाँ समस्या छ त्यहाँ सरकारको तर्फबाट सहजीकरण हुन्छ। तर समस्यानै नभएका ठाँउमा पनि समस्या देखाएर योजना अलपत्र पार्ने काम नगरिदिनुस ।’ राजनीतिक नेतृत्वको हुटहुटीले मात्र विकास र समृद्धि पूरा नहुने भएकाले समृद्धिको हिस्सेदार निर्माण व्यवसायी पनि भएको उनले बताए । आयोजना निर्माणमा बजेटको कमी नहुने बताउँदै सरकारको खातामा रकम हुने, तर आयोजना अलपत्र पर्ने अवस्थालाई सुधार्ने बाटोमा हिडन आफनो अधिकतम प्रयास रहने बताए ।
आफूले सरकारको नेतृत्व सम्हालेपछि निर्माण व्यवसायीका जायज मागका सम्बन्धमा विशेष ध्यान दिएको पनि उनले बताए । निर्माण व्यवसायीको तर्फबाट निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेश महासचिव मानव बमले वर्तमान सरकारले नेतृत्व लिएदेखि विकास निर्माणको विषयमा सकारात्मक सन्देश प्रवाह भएकोले निर्माण व्यवसायीलाई पनि उत्प्रेरित गरेको बताए । माननीय मुख्यमन्त्री र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका मन्त्री,राज्यमन्त्रीज्यू, सचिवज्यू, महाशाखा प्रमुख, मातहत निकायका कार्यालय प्रमुखज्यूहरु बहुवर्षीय आयोजनाहरूसँग सम्बन्धित रहेर विभिन्न निर्माण व्यवसायीहरूसँग वृहत छलफल कार्यक्रम सम्पन्न भएको हो ।