असार २०,
काठमाडौं : आर्थिक बर्ष २०८१/०८२ को लागि संघिय सरकारले विनियोजन गरेको बजेट प्रयाप्त नभएको मन्त्री धन बहादुर बुढाको दावी छ । संघिय सरकारका शहरी विकास मन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित भएपनि डोल्पा जिल्लाको लागि बजेट अझै अपुग रहेको जिकिर गरे ।
डाेल्पा जिल्ला छिमेकी देश चीन र भुगाेलकाे हिसाबले ठुलाे भएकाे हुदा आगामी आ.ब मा विनियोजित बजेट अपुग हुने हुदा सरकारले थप गर्नुपर्ने बताएका छन। शहरी क्षेत्र आफै निरन्तर रुपमा बिकास भैरहेको हुदा डाेल्पा जस्ता दुर्गम बिकासकाे प्रतिक्षमा बसेका जिल्लाहरुमा सरकारले ध्यान दिनु पर्ने आवश्यक रहेकाे उनले बताए ।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोजन हुनु आवश्यक रहेको बताए । “स्रोतको न्यायोचित वितरण केबल जनसङ्ख्याको आधारमा मात्रै गर्ने परम्पराबाट माथि उठेर भूगोल र भौगोलिक विकटतालाईसमेत मध्यनजर गरी दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरिनुपर्दछ,” उनले भने ।
करिब ४३ हजार जनसङ्ख्या भएको डोल्पामा सहरी विकास मन्त्रालयको कूल बजेटको करिब १।८३ प्रतिशत मात्रै विनियोजन हुनु स्वभाविक, न्यायोचित र जरुरी रहेको उनको भनाइ थियो । मन्त्री बुढाले बर्सेनि हजारौँ पर्यटक भित्र्याउन सफल डोल्पाका बासिन्दाले नून र चामलको समेत अभाव झेल्दैआएका उल्लेख गरे । “डोल्पाको भौगोलिक अवस्था र त्यहाँको आवश्यकता अनुसार विनियोजित बजेट अझै प्रर्याप्त छैन,” उनले भने ।
सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको मर्म र भावनाअनुरुप डोल्पाली जनताका माग केही हदसम्म वर्तमान सरकारले सम्बोधन गरेको उनको भनाइ थियो ।“विकट डोल्पामा पर्याप्त मात्रामा बजेट विनियोजन गरेर द्रुतगतिमा विकास गर्न आवश्यक छ,” उनले भने । विगतमा पहुँचका भरमा केही निश्चित क्षेत्र र भूगोलका लागि मात्रै बजेट छुट्टयाउने गरेकामा सहरी विकास मन्त्रालयले यस वर्ष बिना स्वार्थ निष्पक्षरुपमा बजेट न्यून पाएका जिल्ला तथा क्षेत्रमा न्यायोचित ढङ्गले आवश्यकता र औचित्यतताका आधारमा मात्रै बजेट विनियोजन गरेको मन्त्री बुढाले बताए । शहरी बिकास मन्त्री बुढाकाे गृह जिल्ला डाेल्पामा शहरी बिकास मन्त्रालयबाट आ.ब. २०१/८२ काे लागि डाेलपामा १ अर्व ७० कराेड बजेट विनियोजन भएकाे छ।