चैत्र १४,
डोल्पा : यहि चैत्र १५ गतेदेखी हुने (एसईई) परिक्षामा डोल्पाका कुल ७ सय ३३ जना बिद्यार्थिले परिक्षा दिने भएकाछन । जिल्लाका ४ वटा परिक्षा केन्द्रबाट साधारण,प्राबिधिक र खुला तर्फ गरी जम्मा ७ सय ३३ जनाले (एसईई) परिक्षा दिने भएका हुन । जिल्लाका १७ वटा माध्यामिक बिद्यालय र एक खुला सहित १८ वटा माध्यामिक बिद्यालयका नियमित तर्फ छात्र ३ सय १ र छात्रा ३ सय २३ गरि ६ सय २४ र प्राबिधिक तर्फ छात्र ६७ र छात्रा ४२ सहित १ सय ९ जना गरि जम्मा ७ सय ३३ जनाले माध्यामिक शिक्षा परिक्षा दिने छन ।
चैत्र १५ गते बिहिबार देखी चैत्र २७ गते सम्म संचालन हुने माध्यामिक शिक्षा परिक्षामा सरस्वती माध्यामिक बिद्यालय दुनैमा रहेको परिक्षा केन्द्रमा २ सय १५ जना, आदर्श माध्यामिक बिद्यालय जुफालको परिक्षा केन्द्रमा २ सय १९ जना,जनप्रभा माध्यामिक बिद्यालय लिकुको परिक्षा केन्द्रमा १ सय ७२ जना र त्रिपुरा माध्यामिक बिद्यालय काईगाँउको परिक्षा केन्द्रमा १ सय २७ जनाले नियमित परिक्षा दिने शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख दल बहादुर बस्नेतले जानकारी दिए ।
शिक्षा ईकाइ प्रमुख बस्नेतका अनुसार अघिल्ला बर्षमा जिल्लामा रहेका ४ वटा परिक्षा केन्द्रमा परिक्षा संचालन भइरहेको समयमा परिक्षासंग कुनै सम्बन्ध नभएका ब्यक्तिले प्रबेश गरि परिक्षार्थिलाई असहज बनाएको हुदा यो बर्ष परिक्षा केन्द्रमा प्रबेशका लागि शिक्षा बिकास तथा समन्वय इकाइको अनुमति लिनुपर्ने निर्णय जिल्ला शिक्षा समितिले गरेको र सार्वजानीक सूचना समेत प्रकाशन गरेका जानकारी दिए ।
परिक्षा हलमा परिक्षार्थिले मोबाइल वा अन्य कुनै चिटहरु लगेर फेला परेमा परिक्षार्थिको परिक्षा समेत रद्ध हुनेछ भने परिक्षाको कोठमा बसेका निरिक्षकले समेत गलत कार्य गरेको खण्डमा तत्काल निरिक्षकबाट हटाउनुका साथै बिभागिय कारवाही समेत हुने शिक्षा ईकाइले जानकारी दिएको छ । परिक्षार्थिले मोबाइल लिएर प्रश्नपत्र बाहिर पठाएर प्रश्नको हल गरी बिद्यार्थिकहाँ दिने गरेको सूचना आएकोले यो बर्ष पुरै बन्देज लगाएको शिक्षा ईकाइको दावी छ । यो बर्षको माध्यामिक शिक्षा परिक्षामा सुरक्षा ब्यवस्था समेत कडाई गरिएको छ । संचारकर्मिले भने सूचना संकलनका लागि केन्द्राध्यक्षसँग समन्वय गरेर परिक्षा केन्द्र सम्म प्रबेश सहजै पाउनेछन भने परिक्षा कोठामा प्रबेशमा रोक भने परिक्षा संचालन भई रहेको बेलामा केन्द्राध्यक्षले रोक लाउन पनि सक्नेछ ।