फागुन १८,
डाेल्पा : पुर्व पर्यटन राज्यमन्त्री तथा हाल प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ७ पाहाडामा पर्ने मसिनेचाैर विमानस्थलमा हवाई उडान गर्न माग गरेका छन । आज शुक्रबार संघीयता सदनकाे बैठमा सभामुख मार्फत मसिनेचाैर विमानस्थलमा परिक्षण संगै नियमित हवाई उडान गर्न सरकारलाई र सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन ।
डाेल्पाकै नियमित संचालन भैरहेको जुफाल विमानस्थल यहि फागुन १६ गते देखि स्तरउन्नति गर्ने कार्य सुरु भए संगै एक महिना सम्म बन्द हुने यता मसिना चाैर विमानस्थलमा राज्यकाे कराेडाै लगानी त्यसै खेर जादा पनि सरकारले कुनै पहल नगरेकाे सांसद बुढाले बताए । सडक संजालकाे अझै राम्राे पहुँच नपुगेकाे डाेल्पामा विमानस्थल हुदा पनि हवाई उडान नगर्नु दुखद कुरा रहेकाे संसद बुढाले बताए । सरकारले तत्काल हवाई उडान नगरे थप संघर्षका कार्यक्रम स्थानीय स्तरबाटै केन्द्र सम्म गरिने संसद बुढाले बताए ।