भदौ १३- डाेल्पा : यो समयमा धेरैको रोजाईमा डोल्पाको फोक्सुणो ताल पर्ने गर्दछ । आन्तरिक पर्यटकहरुकाे मुख्य राेजाइमा पर्ने फाेक्सुण्डाे ताल जाने अबरुद्ध पैदलमार्ग खुलेकाे छ। श्रावणको तेस्रो सातातिर बाढि र पहिरोले अबरुद्ध भएको उक्त पैदलमार्ग वडा पालिकाले निर्माण गरेपछि पर्यटकका लागि खुलेको हो । निरन्तर परेको बर्षाकाे कारण सुलिगार्ड देखि फाेक्सुण्डाे ताल सम्म विभिन्न स्थानहरुमा बाटाे अबरुद्ध भएकाे थियाे ।
बर्षाले ठाउँठाउँमा बाटाे भत्काउनुका साथै पुल पुल समेत बगाउदा स्थानीय बासिन्दा,हाेटल तथा पसल ब्यबसायी र पर्यटकहरुलाई आवतजावतमा समस्या भएकाे थियाे । शे-फाेक्सुण्डाे गाउँपालिका वडा नं. ८ अन्तरगत पर्ने सुलिगार्ड देखि फाेक्सुण्डाे ताल सम्मकाे विभिन्न ठाउँमा बर्षाले भत्किएको पैदलमार्ग पुनःनिर्माण गरेर फोसुण्डो ताल हुदै माथिल्लो डोल्पा सम्म जाने पर्यटकका लागि सहजता गराएको शे-फाेक्सुण्डाे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष निमा लामाले जानकारी दिए । वडा अध्यक्ष लामाका अनुसार वडापालिकाको पहलमा सुलिगार्ड देखि फाेक्सुण्डाे तालमा अबरुद्ध बाटाेहरु मर्मतसम्भार भैसकेकोले फोक्सुण्डो ताल सम्म आउने आन्तरिक तथा बाह्यय पर्यटकले ढुक्कसँग आउन आग्रह गरे ।
अनपेक्षित रुपमा परेको बर्षाको कारण अबरुद्ध फाेक्सुण्डाे ताल सम्मकाे पैदलमार्गले पर्यटन ब्याबसायी समेत मारमा परेका थिए । स्थानीय सरकारले मर्मत सम्भार तथा पुनः निर्माणकार्य गरेको छ निकै खुसि भएका छौ फाेक्सुण्डाे तथा माथिल्लो डोल्पा यात्रा गर्न कुनै समस्या छैन पर्यटकहरुलाइ पर्यटन व्यवसायी नाेर्वु लामाले डोल्पा घुम्न आउने पर्यटकलाइ आग्रह गरे। लामाले भने ” फाेक्सुण्डाे ताल जाने बाटाे निकै सहज छ फोक्सुण्डो सम्म जाने बाटो कठिन छ भन्ने सुनेको भए अब उक्त बाटो पहिले जसतै सजिलो भएको छ जाेकाेहि पनि आउन सक्छन र फोक्सुण्डो तालको अलौकिक सुन्दरताको दृ्ष्यअवलोकन गरेर जान सक्नेछन ।
अबरुद्ध पैदलमार्ग खुलेसंगै स्थानीय बासिन्दा,स्थानीय ब्यबसायीहरुले खुसी ब्यक्त गरेका छन । सुलिगार्ड देखि फाेक्सुण्डाे ताल सम्मकाे पैदलमार्ग माथिल्लो डाेल्पाका विभिन्न पर्यटकीय स्थानहरुमा जाने मुख्य प्रवेशद्वारकाे रुपमा मानिन्छ । केही साता अघिकाे बर्षातले बाटाे अबरुद्ध हुदा आन्तरिक तथा बाह्रय पर्यटकहरुकाे आवतजावत ठप्प भएकाे थियाे । फाेक्सुण्डाे ताल लगाएत माथिल्लो डाेल्पा भदौ र असाेज महिनामा हरियाली हुने हावापानीले साथ दिने हुनाले याे समय धेरै पर्यटकहरु भित्रने गर्दछन । देशभरको मौसममा सुधार भएसँगै फोक्सुण्डो ताल घुम्न आउनेको सख्या भने दैनिक बढि रहेको छ । नेपालको गहिरो ताल फोक्सुण्डो ताल आन्तरिक पर्यटकका लागि दशै र तिहारको समयमा पहिलो गन्तब्य बन्ने गरेको छ । फोक्सुण्डो ताल घुम्न आउनेका लागि बस्न खानको कुनैपनि समस्या नभएको र भने अनुसारको होटेल तथा होमष्टेहरु समेत रहेको फोक्सुण्डो बासिको दाबि रहेको छ ।