डाेल्पा : शे-फाेक्सुण्डाे गाउँपालिका भित्र पर्ने सुलिगार्ड देखि फाेक्सुण्डाे ताल लगाएत विभिन्न स्थानहरुमा पैदलमार्ग अवरुद्ध भएकाे छ । केही दिन यता परेकाे अविरल बर्षाकाे कारण विभिन्न ठाउँहरुमा बाटाे अवरुद्ध भएकाेले बर्खाकाे समयमा सतर्कता अपनाउन शे फाेक्सुण्डाे गाउँपालिकाले स्थानीय बासीलाइ आग्रह गरेकाे छ। याे समयमा ठाउँ ठाउँमा बाढी पहिरो आउने क्रम रहेकाे हुदा सुरक्षित स्थानमा बस्न गाउँपालिकाले स्थानीय बासिन्दालाई आग्रह गरेकाे हाे ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज भित्र पनि पर्ने सुलिगार्ड फाेक्सुण्डाे पैदलमार्ग स्थानीय बासिन्दा लगाएत पर्यटकीय पदमार्गकाे रुपमा पनि चिनिन्छ । केही दिन यता परेकाे बर्षाकाे कारण छेप्का,रेजि लगाएका नदि आसपासका ठाउँहरुमा बसाेबास गर्ने नागरिकहरु त्रासमा बस्नु परेका बताएका छन । यस्तै शे फाेक्सुण्डाे गाउँपालिका वडा नं. ८ मा पर्ने लामा तरामा क्षेत्रमा नदिमा तटबन्ध लगाएर बाटाे बनाएकाे स्थानहरुमा नदिले डुबान गरेपछि आवतजावतमा समस्या भएकाे छ ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज भित्र विभिन्न ठाउँहरुमा बसाेबास गर्ने नागरिकको बाढी पहिराेबाट के कति क्षति पुर्याएकाे छ अनुगमन गरि क्षतिपूर्ति ब्यवस्था गरिने शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज डाेल्पाका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताएका छन । नदि तथा बाढी पहिराेले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पुर्याएकाे छ उक्त स्थानमा तत्काल बैकल्पिक मार्गकाे लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताए ।