जैतुन अनलाइन | 2023-07-01

लेख बुढा,
डोल्पा : नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।२०७९ पुस १७ देखि २०८० असार १३ गते सम्म हिमाली जिल्ला डोल्पामा भए गरेका मानव अधिकार ज्यादती र उलंघनका घटनाहरुको पुर्व समिक्षा कार्यक्रम सम्पन्न भएको हो । इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले राज्य पक्षवाट २  र गैह्र राज्य पक्षवाट १ घरेलु हिंसा २ गरेर ५पाँच ओटा घटनाहरु सार्वजनिक गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी नगरपालिका वडानम्वर ४ का अध्यक्ष रन्जित बुढाले जिल्लाका हरेक पालिकामा रहेका न्यायिक समिति र इन्सेकको सहकार्य अपरिहार्य भएकाले आगामी वर्ष देखि सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो वडास्तर देखि पालिका केन्द्र सम्म न्यायिक समिति भएपनि अधिकार र कार्यक्षेत्र सम्बन्धि अस्पस्टता हुँदा प्रभावकारी काम हुन नसकेकाले इन्सेकसंग सहकार्य गरेर जनचेतनामुलक र अधिकार प्रर्वद्धन कार्यक्रम संचालन गर्न पालिकाले आर्थिक सहयोग गर्नु पर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका महासमिति सदस्य जयस उपाध्यायले मानवअधिकार उलंघन तथा हनन्मा कमि आएको हो भने खुशिको कुरा हो तर भौगोलिक विकटता र संचारको पहुँचको कमिले संकलनमा समस्या भए छुटेका घटनाहरुको स्थलगत खोजी गरेर अभिलेखीकरण गर्नु पर्नेमा जोड दिनु भयो । सिमित स्रोतसाधनले पनि इन्सेकले दुर्गम वस्तीहरुमा पुगेर घटना संकलन गर्दै आएको र इन्सेकले संकलन गरेका घटना बस्तुनिष्ठमा आधारित रहने गरेको बताउनु भयो ।कार्यक्रममा जिल्ला अदालत जिल्लाप्रशासन कार्यालय ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि राजनीतिकदलका प्रतिनिधि नागरिक समाजका प्रतिनिधिहरु गरेर ३५ जनाको सहभागिता रहेको थियो