डाेल्पा : हिमाली जिल्ला डाेल्पाकाे काईके गाउँपालिकाले १२ औं गाउँ सभा सम्पन्न गरेकाे छ । आर्थिक बर्ष २०८०/०८१ काे लागि गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाकाे अध्यक्षतामा गाउँ पालिकाकाे निति तथा कार्यक्रम उपाध्यक्ष निमा बुढाले प्रस्तुत गर्नुभएको थियोे। “स्वास्थ्य,शिक्षा,सडक,कृषि तथा पूर्वाधार” काईके गाउँपालिकाकाे विकास र समृद्धिकाे आधार” भन्ने मुल नाराकाे साथ काईके गाउँपालिकाले नयाँ आर्थिक बर्षकाे लागि चालू र पुजिगत तर्फ गरि कुल ३२ करोड ३८ लाख ४० हजार ६ सय २४ रुपैयाँ बजेट प्रस्तुत गरेकाे छ ।
आगामी आर्थिक बर्षकाे नयाँ बजेट काईके गाउँपालिकाकाे समग्र विकासको लागि सहि कार्यनयन गर्न सबै जनप्रतिनिधि,स्थानीय बासिन्दाकाे मुख्य भुमिका हुने बिश्वास रहेकाे काईके गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुलीले बताइन । काईके गाउँपालिकाले नयाँ आ.व मा शिक्षालाई प्राथमिकता दिएकाे छ । स्थानीय पाठ्यक्रम लागू गर्ने,शिक्षककाे क्षमता बृद्वि कार्यक्रम गर्ने,बिज्ञान प्रयाेगशाला निर्माण गर्ने,विधार्थी बिशेष विभिन्न शैक्षिक कार्यक्रम संचालन गर्ने निति तथा कार्यक्रममा समाबेश गरिएको छ ।
नयाँ आर्थिक बर्ष २०८०/०८१ मा काईके गाउँपालिका भित्र शैक्षिक ,धार्मिक,सांस्कृतिक,कृषि ,स्वास्थ्य,सडक ,पूर्वाधार,पर्यटन सम्बन्धि कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा जनाईएकाे छ । यस्तै एक बर्ष भित्र एक घर एक धारा निर्माण गर्ने, ४ वटा वडा कार्यालयहरु निर्माण गर्ने,कृषि पेशालाई आधुनिक प्रविधिकाे प्रयाेग गर्ने,गाउँपालिकालाई सुचना मैत्री गाउँपालिका बनाउने,परम्परागत पेशालाई लगानी गर्ने,हिंसा मुक्त पालिका गर्ने, बालक्लब गठन गर्ने, बहुसांस्कृतिक माैलिकाता झल्काउने स्थलहरु निर्माण गर्ने लगाएतका विभिन्न विषय निति तथा कार्यक्रममा रहेकाे छ ।
पालिका भित्रका प्रत्येक शाखालाई निति तथा कार्यक्रम अनुसार काम गर्न गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले आवाश्यक्ता माग र ति मागहरुलाइ सम्बोधन समेत गरे । जनप्रतिनिधि र कर्मचारी जनताको सेवक भएकाे हुदा कुनैपनि प्रलोभन नगरी जनमुखी काम गर्न सबै कर्मचारीलाइ अध्यक्ष रानाले आग्रह गरे । निति तथा कार्यक्रममा विभिन्न विषयगत शाखाका कार्य याेजनाहरु समावेश गरिएकाे छ । आर्थिक बर्ष २०८०/०८१ को बजेटमा काईके गाउँपालिकाका सबै नागरिक सन्तुष्ट रहेको गाउँपालिकाको दावी रहेको छ ।