नेपाली सेनाद्धारा हेलीप्याड ग्राउण्ड बनाएर स्थानीय सरकारलाई हस्तान्तरण ।

जैतुन अनलाइन | 2023-06-25

डोल्पा :  नेपाली सेनाले हेलीप्याड ग्राउन्ड बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । श‍े-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको रामवाण गुल्मले श‍े-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर ८ मा हेलीप्याड ग्राउण्ड निर्माण गरेर श‍े-फोक्सुण्डो गाउँपालिकालाई हस्तान्तरण गरेको हो । नेपाली सेनाको “जनहित कार्यक्रम सिघ्र प्रभाब” आयोजना अन्तरगत रु १० लाख लागतमा हेलीप्याड निर्माण भएको र आईतबार एक कार्यक्रमका बिच नेपाली सेनाले श‍े-फोक्सुण्डो गाउँपालिकालाई बैधानिक रुपमा रामवाण गुल्मका गुल्म पति सेनानी ध्रुब कार्कीले हस्तान्तरण गरेका हुन ।

सेनाले बनाएको हेलीप्याड बुझ्दै गाँउपालिका अध्यक्ष धावा सम्डुक गुरुङ्ग

नेपाली सेनाले श‍े-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सबैभन्दा धेरै पर्यटक आउने क्षेत्र फोक्सुण्डो ताल रहेको रिग्मोमा हेलीप्याड निर्माण गरेको हो । आन्तरिक तथा बाह्य पर्यटक उद्धार,स्थानीय नागरिकको उद्धार तथा सामान ढुवानीमा सहजता गराउनुका साथै हेलीकप्टर ब्यवस्थीय अवतरणका लागि १० लाख लागतमा  निर्माण भएको रामवाण गुल्मका गुल्मपति सेनानी ध्रुब कार्कीले जानकारी दिए ।  फोक्सुण्डो तालमा हेलीकप्टरबाट उद्धार तथा सामान ढुवानीका कार्यहरु निरन्तर भई रहने र हेलीकप्टरले उडाएको धुलोको कारण स्थानीयको स्वास्थ्यमा समेत पारेको प्रभाबलाइ मध्यनजर गरि सेनाले हेलीप्याड निर्माण गरेको जनाएको छ ।

नेपाली सेनाको रामवाण गुल्मले फोक्सुण्डो तालको छेउमा निर्माण गरेको हेलीप्याड ग्राउन्ड

आन्तरिक तथा बाह्यय पर्यटकको पहिलो रोजाईमा डोल्पाको फोक्सुण्डो ताल पर्ने हुदा उद्धार तथा  घुम्नको लागी हेलीकप्टर प्रयोग गर्ने गरेका छन । नेपाली सेनाले बनाएको हेलीप्याड ग्राउन्ड बुझ्दै श‍े-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्गले भने यस भन्दा पहिला हेली वालाले आफुखुसि ल्यान्डिङ्ग गर्दा स्थानीयले निकै अप्ठ्यारो महशुस गरेका थिए अब नेपाली सेनाले ब्यवस्थित हेलीप्याड बनाएर अतुलनिय काम गरेकोमा खुसि ब्यक्त गरे । अध्यक्ष गुरुङ्गले भने हेलीकप्टरले उडाएको धुलो र फोहोरले तालमा समेत प्रभाब परेको थियो अब ब्यवस्थित भयो नेपाली सेनाको रामवाण गुल्मलाइ यहाँका नागरिकले सदैभ सम्झी रहनेछन ।

श‍े-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज फोक्सुण्डो ताल क्षेत्रका स्थानीय र श‍े-फोक्सुण्डो गाउँपालिकाको समन्वयमा उपयुक्त क्षेत्रमा हेलीप्याड निर्माण गरिएको हुदा सहि रुपमा प्रयोग हुनेमा बिश्वस्त रहेको नेपाली सेनाले जनाएको छ । श‍े-फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ्ग उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्ग र वडा नम्बर ८ का अध्यक्ष निमा लामा तथा निकुञ्जका प्रतिनिधि र स्थानीयको उपस्थितिमा नेपाली सेनाको रामवाण गुल्मले हेलीप्याड स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाले पछिल्लो समय नागरिकसँग बिभिन्न कार्यक्रम तथा सेवाहरुमा सहकार्य गरि रहेको छ ।