लेख बुढा, जेठ २७
डाेल्पा: डाेल्पाकाे ठुलीभेरी नगरपालिकालाई पूर्ण खाेप पालिका घाेषणा गरिएको छ । नगरपालिकाले वडा नं. १ देखि ११ सम्मका वडाहरुमा १६ देखि ५९ महिना सम्मका सबै बालबालिकालाई राष्ट्रिय खाेप तालिका अनुसार १५ महिना उमेर भित्र पाउनु पर्ने सबै खाेप लगाएर पूर्ण खाेप नगर पालिका घाेषणा गरिएको हाे । शनिबार पूर्ण खाेप घाेषणा कार्यक्रममा जिल्ला पूर्ण खाेप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायले ठुलीभेरी नगरपालिका नगर प्रमुख तथा नगर पूर्ण खाेप घाेषणा अध्यक्षलाई पूर्ण खाेप पालिका घाेषणाकाे प्रमाणपत्र हस्तान्तरण गर्नुभएको ठुलीभेरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले पूर्ण खाेप पालिका घाेषणा प्रतिवद्वता हस्ताक्षर गरेकाे अधिकृत लम्सालले बताउनुभयो । डाेल्पाकाे ठुलीभेरी नगरपालिका पूर्ण खाेप पालिका घाेषणा गर्ने चाैथाे स्थानीयतह बनेकाे छ । जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले यस अघिनै पूर्ण खाेप पालिका घाेषणा भैसकेका छन् । पूर्ण खाेप घाेषणा पछि पनि निरन्तरता दिन नगरपालिकालाई नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले आग्रह गर्नुभयो । आगामी दिनमा प्रत्येक बालबालिकाले सबै प्रकारका खाेप पाउन बाट बञ्चित नगराउन अध्यक्ष बुढाले आग्रह गर्नुभयो । ठुलीभेरी नगरपालिका जिल्लाकाे सदरमुकाम भित्र रहेकाे हुदा अन्य क्षेत्रमा पनि निगरानी राख्न उहाँले आग्रह गर्नुभयो ।
स्वास्थ्यकर्मीहरुकाे सहयाेगमा प्रत्येक नागरिकका घरघरमा पुगेर पुर्ण खाेप नपुगेकालाई खाेप लगाएर सरकारकाे मापदण्ड पूरा गरेकाे हुनाले ठुलीभेरी नगरपालिका पुर्ण खाेप पालिका घाेषण गर्न सफल भएकाे जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताउनुभयो । पूर्ण खाेपलाई दिगाेपना गर्न नसकेमा पूर्ण खाेप पालिका घाेषणा गरेकाे औचित्ते नहुने भएकाले यसलाई निरन्तरता दिन आबश्यक रहेकाे उहाँले डाक्टर उपाध्यायले बताउनुभयाे । जिल्ला अस्पताल ठुलीभेरी नगरपालिका भित्रै रहेकाले आफ्नै ठानेर लगानी गरेर ब्यबस्थित गरि सामान्य नागरिकले घरआगनमा उपचार गर्ने वातावरण गर्न नगरपालिकालाई उहाँले आग्रह गर्नुभयो । ठुलीभेरी नगरपालिकाले पूर्ण खाेप सुनिश्चितता गर्नकाे लागि अझै आबश्यक रहेकाे प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेखरेलले बताउनुभयो ।
नयाँ जन्मिने बालबालिकालाई र कतै गाउँघरमा छुटेका बालबालिका खाेज अध्ययन अनुसन्धान गरेर खाेपलाई दिगाेपना गर्न उहाँले आग्रह गर्नुभयो । पूर्ण खाेप पालिका घाेषणा गर्न निरन्तर खटिने सम्पूर्ण तहका ब्यक्तित्वलाई जिल्ला खाेप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख श्याम बहादुर राेकायाले धन्यवाद दिनुभयो । ठुलीभेरी नगरपालिका जिल्लाकै मुटु भएकाेले यहाँ सिक्ने हाेईन नमुना काम गरेर छिमेकी पालिकालाई सिकाउने वातावरण बनाउन प्रमुख राेकायाले आग्रह गर्नुभयो । ठुलीभेरी नगरपालिका भित्रका स्वास्थ्य र शिक्षामा तेराेमेराे नभनी सकेसम्म स्थानीय स्तरकै नभए बाहिरबाट भएपनि दक्ष जनशक्ति परिचालन गर्न उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकालाई पूर्ण खाेप पालिका घाेषणा सफल गर्न खटिने सबैलाई ठुलीभेरी नगरपालिका खाेप समन्वय अध्यक्ष तथा नगर प्रमुख सुवर्ण कुमार बुढाले धन्यवाद ब्यक्त गर्नुभयो । आगामी दिनमा राष्ट्रिय खाेप तालिका अनुसार बालबालिकाले पाउनु पर्ने खाेपकाे दिगाेपना गरिने उहाँले बताउनुभयो । ठुलीभेरीले सामान्य नागरिकका आबश्यक्तालाई मध्यनजर गर्दै काम गर्ने तयारी रहेकाे नगर प्रमुख बुउाले बताउनुभयो । दिर्घकालीन विकासकाे लागि तीन तहका सरकार आबश्यक समन्वय गरेर काम गर्न आबश्यक रहेकाे उहाँले बताउनुभयो । पूर्ण खाेप नगरपालिका घाषणा गर्ने क्रममा सबै भन्दा बढि भुमिका निर्वाह गर्ने र अन्य समयमा कार्यालयकाे गतिविधिमा नियमित सहभागी सक्रिय हुने महिला स्वयंम सेविका द्वय गाेमा राेकाया र उमा केसी लाई प्रमाणपत्र सहित सम्मान गरिएकाे छ । यस्तै कार्यालयकाे नियमित काममा सक्रिय रहेकाे मुल्यांकन गर्दै कार्यालय सहयाेगी मन बहादुर ठकुल्लालाई प्रमाणपत्र सहत सम्मान गरिएको छ ।