डोल्पा : गणतन्त्र दिवसले डोल्पामा पनि अछुतो बनाएन । नेताले भाषणमा भने अनुसार अनेकन शब्दले सिगारिएको गणतन्त्र दिवस तर त्यहि दिवसमा नेताका अनुहार कतै देखिएनन । १५ औँ गणतन्त्र दिवस डोल्पामा कर्मचारीले मात्रै निर्देशित कार्यक्रम गरेर मनाए । ३ दिन सम्म बिभिन्न निर्देशित कार्यक्रम गरेर मनाएको गणतन्त्र दिवसमा जनतामा भने कतै पनि कुनै कुरामा उत्साह रहेको पाइएन । १४ गते पहिलो दिन दुनै बजार सरसफाई गरे कर्मचारीहरुले त्यो पनि जिल्ला प्रशासनको निर्देशनमा बाध्यातामा सहभागिता जनाएर ।
दुनै बजारको फोहोर सफा गर्दा नागरिकले रमिता हेरे जनप्रतिनिधि र नेताको अनुहार देखिएन । गणतन्त्र दिवसमा र्याली गरेर आधीकारिक ट्रडयुनियन डोल्पाले जिल्ला अस्पतालमा तातोचिसो पानीको लागि वाटर डिस्पेन्सर सहयोग गर्नुका साथै बिरामीलाइ फलफुल समेत बितरण गरे । दिनभर डोल्पाका कर्मचारीले दुख सुख मिसाउन बनभोजमा रमाए तर जनताले गणतन्त्रको उत्सब भने कतै मनाएको पाईएन । कर्मचारीले मनाउछन हरेक दिवस नेताको सहभागिता कहिले हुदैन ।