राम्रो काम गर्न ईच्छा भए पुग्छ पैसा नै हुनुपर्दैन ।

जैतुन अनलाइन | 2023-05-01

दुनै : हरेक कुरालाइ सकारात्मक सोचेर मनलाइ सहि चलाए हर कुराले सार्थकता पाउछ । राम्रो काम गर्न पैसा हैन ईच्छाशक्ति र जाँगर भए पुग्छ भन्ने कुरा जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मिले प्रमाणित गरेका छन । बिश्वका श्रमिकहरुका लागि श्रम दिवस मनाइ रहदा बिदाको समयलाइ जिल्ला अस्पातलका स्वास्थ्यकर्मिले अस्पताल जाने बाटो मर्मत गरेर मनाए । स्टेचरमा बोकेर अस्पताल सम्म जाने बाटो साघुरो छ तर पनि बिरामी बोकेकाले पेलापेल गरेर जिल्ला अस्पतालको आपतकालिन कक्ष सम्म लैजान्छ बिरामीलाइ आफन्तले अनि जेनतेन भएको उपकरण र क्षमताले उपचार गर्छन स्वास्थ्यकर्मिले । त्यहि साँघुरो बाटो जिल्ला अस्पतालका स्वास्थ्यकर्मिले मजदुर दिवसमा सकेको मर्मत गरेका छन ।

जिल्ला अस्पतालका चिकित्सा प्रमुख डाक्टर अखण्ड उपाध्याय लेख्छन हामी समिति र कुनै योजना कुरेनौ जिल्ला अस्पतालका स्वास्थ्यकर्मिहरु र निर्वाचन अनि नापी कार्यालयका कर्मचारीले करिव ४ घण्टामा थोरै भएपनि स्टेचरमा बिरामी बोक्न सहज हुनेगरी बाटो बनाएका छौ । हेर्दा सामान्य लागेपनि अस्पताल जस्तो महत्वपूर्ण स्थानमा जाने बाटो सहज बनाउनु राम्रो कार्य भने पक्कै हो । स्थानीय सरकार प्रदेश सरकार र सँघिय सरकारले समेत कहिले नसुनेको योजनामा पर्छ जिल्ला अस्पताल जाने बाटो । तल ढुङ्गा राखेर अनि माथि माटो खनेर भएपनि मजदुर दिवसमा कर्मचारीले बाटो भने सहज बनाएका छन । बिरामी बोक्ने बाटो खनेर चौडा बनाउनुका साथै सरसफाई गरेर सहज बनाएका छन ।

एम्बुलेन्स कहिले पुग्दैन बिरामी बोकेर अस्पात सम्म स्टेचरमा बिरामी लानुपर्ने बाध्यता छ तर बाटो सहज बनाउने कुरा कतैपनि प्राथमिकतामा छैन । बारमम्बार मिडियाले चर्चामा बिषय उठान गरेपनि सुन्ने निकायले सुन्दैन आसा छ अब त सुनीदेला कुनै एक तहको सरकारले अनि पाउलान जिल्ला अस्पताल सम्म पुग्ने बिरामीले भोगि रहेको सास्तीमा सुबिधा ।