लेख बुढा,
डोल्पा : डोल्पा सदरमुकाम दुनैको शान्ती टोलका बाढीपिडीतला त्रिपुरासुन्दरी नगरपालिले नदग दुई लाख सहयाेग गर्ने भएको छ । नगरप्रमुख जनचन्द्र रोकायाले दुनै बजार शान्ती टोलका बाढीपीडितलाई नगरपालिकाले रु २ लाख रुपैया नगद तत्काल सहयोग गर्ने घोषणा गरेका हुन । जिल्लाको जुनैसुकै स्थानीय तहका नागरिकलाई विपत्ती परेपनि हामी सबैको विपत्ती भएकोले त्रिपुरासुन्दरी नगरपालिकाले बाढीपीडितलाई केहि समय सम्म राहत मिलोस भन्ने उदेश्यले सहयोग गर्न चाहेका नगर प्रमुख रोकायाले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय डोल्पामा आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा उक्त बाढीपीडितलाई नगर पालिकाले दुई लाख रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको हो ।
यहि असार २१ गते मंगलबार बेलुका करिव ५ बजे अविरल बर्षाको कारण सदरमुकाम दुनै बजार शान्ती टोलमा आएको बाढीले २४ घर परिवारका करोडौँको क्षेती भएको छ । यो बर्षातको पहिलो र ठुलो क्षेति भएकोले पनि बाढि पिडितहरु सबैको राहातको नजरमा परेका छन । ठुलीभेरी नगरपालिकाका नगर प्रमुख शुवर्ण कुमार बुढाले ब्यक्तिगत राहात प्रदान गरि सकेकाछन भने पूर्ब राज्य मन्त्री धनबहादुर बुढाले समेत राहात दिने घोषणा गरि सकेको छन । बाढिले १० घरपरिवारले धेरै क्षेति ब्यहोरेका छन भने १४ घर परिवारले आँशिक रुपमा क्षेति ब्यहोरेका छन ।