दुनै : जिल्ला प्रशासन डोल्पाको मे १ झ १३५ नम्बरको गाडी राजनितिक दलका नेता रजाइ गरेका छन । निजि काममा दुनै आएका नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि गाैरीसँकर उपाध्यायले जिल्ला प्रशासनकाे गाडि घर जान अत्याबस्यक भएकाे भन्दै झुट बोलेर प्रयाेग गरेका छन । कार्यालय समय भन्दा पछि ५ बजे जिल्ला प्रशासनको गाडी निजि जस्तै गरि आफन्त र केहि कार्यकर्ता चढाएर दुनैबाट त्रिपूराकोट घर लिएका हुन । हिराे शैलीमा जिल्ला प्रशासनको गाडीमा चढेर उपाध्याय घर गए तर त्यहि ठाउँ जाने एक अशक्त महिललाले आफुलाइ पनि लैजान अनुराेध गर्दा समेत उनले सुनेन । यत प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले भने अत्यान जरुरी भएकाे भन्दै मागेपछि आफुले गाडी दिएका तर अब यसरी कसैलाइ गाडी नदिने भन्दै बचाउ गरे । नेताहरुले जनताकाे पिडा नबुझेर आफै सरकारी सम्पत्तीकाे द्रुपयाेग गरि रहेका छन । निजि गाडि २० भन्दा धेरै छन तर पनि उपध्यायले बहानामा सरकारी गाडी प्रयाेग गरेर हिरोगिरी देखाएका एक स्थानीयले सुनाए । जरुरी भए उनि बाइकमा समेत जान सक्थे तर पहुच देखाउन कै लागि उनले प्रशासनको गाडि प्रयोग गरेका हुन उनकै पार्टीका एक कार्यकर्ताले आराेप लाए । यसरी त सरकारी बाइक समेत केहि ब्यक्तीले चलाउने गरेका छन । सरकारी गाडी हाल जिल्लामा जिल्ला प्रशासन कार्यालयको मात्रै छ ।यस भन्दा पहिला भाैतिक पूर्वाधार कार्यालयकाे थियाे जुन गाडि पनि बिभिन्नद दलका नेताले प्रयाेग गरे ।