दुनै : डोल्पामा रुखले च्यापेर एक जना वडा सदस्यको निधन भएको छ । यहि फागुन १२ गते बेलुका एक्कासी चलेको हावाहुरीले रुख ढल्न गई जगदुल्ला गाउँपालिका वडा नं. ३ की महिला सदस्य बुद्धिरुपा बिकको ज्यान गएको हो ।
थापागाँउ घर भएकी ३९ बर्षिया बुद्धिकलाको रुखले च्यापेर घाइतेलाइ उपचारको लाघि घरमा ल्याउने बेलामा मृत्यू भएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी राजु पाण्डेले जानकारी दिए ।
डिएसपी पाण्डेका अनुसार थापागाँउ को गैरीनेटा गोठ नजिक भेडा चराउने क्रममा हावाहुरीले ढालेको रुखले च्यापेर वडा सदस्य बि.क को मृत्यू भएको जानकारी दिए ।
मृतक वि.क २०७४ सालको स्थानिय तहको निर्वचनमा जगदुल्ला गाउपालिका वडा नं. ३ को दलित महिला वडा सदस्यमा तत्कालीन मओवादी केन्द्र बाट निर्वाचीत वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।