मनघरी फाउण्डेशनद्धारा स्वास्थ्य सामाग्री सहयोग (डोल्पामा मनकारी बन्दै मनघारी)

जैतुन अनलाइन | 2020-12-15

दुनै : मनघरी फाउण्डेशनद्धारा डोल्पामा बिद्यालय र जिल्ला अस्पताललाइ स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बालमन्दीर आधारभुत बिद्यालय र जिल्ला अस्पतालमा कोरोना उपचारमा आवाश्यक स्वाथ्य सामाग्री फाउण्डेशनले सहयोग गरेको हो ।  फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापासंग पर्यटन ब्यवासायी जितेन्द्र झाँक्री र राज्यलक्ष्मी हमालको सहकार्यमा डोल्पामा स्वास्थ्य सामाग्री बितरण गरिएको बालमन्दीर बिद्यालयका शिक्षिका अम्बिका हमालले जानकारी दिइन ।

फाउण्डेशनले मेडिकल सर्जिकल मास्क २५० थान,केएन नाइन्टी फाईब १५० थान,फेसशिल २० थान,थर्मगन २ थान र सेनिटाइजर १० लिटर बालमन्दीर आधारभुत बिद्यालयलाइ सहयोग गरेको छ भने जिल्ला अस्पताल डोल्पालाइ होम मेट पिपिइ २० थान र फेसशिल २० थान सहयोग गरेको छ ।
सरकारी क्षेत्रबाट कोरोनाका कहरको बेलामा स्वास्थ्य सामाग्रीहरु प्रयाप्तमात्रामा उपलब्ध नभएको बेलामा मनघरी फाउण्डेशनले दुई पटक पिपिइ सेट,फेसशिल र मास्क उपलब्ध गराउदा स्वाथ्यकर्मिले ढुक्कसाथ उपचारमा काम गर्ने अबस्था आएकोले फाउण्डेशन र सहयोगि मनहरुलाइ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र रोकायाले कृतज्ञता जाहेर गरे ।

मास्क सेनिटाइजर थर्मगन र फेसशिल बालमान्दीर आधारभुत बिद्यालयलाइ हस्तान्त्रण गर्दै बुद्धीजिवी लक्ष्मीकान्त उपाध्याय

करिब ६ महिना भन्दा धेरैपछि खुलेको बिद्यालयमा फाउण्डेशनको सहयोगमा आएको स्वास्थ्य सामाग्रीले अतुलनिय सहयोग गरेको र बिद्यालयले हाल सम्मकै सबैभन्दा धेरै ठुलो स्वास्थ्य सामाग्री पाएको भन्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनिराम मल्लले सबैप्रति हार्दिक आभार प्रकट गरे ।
ठुलो धनराशिको कोरोना रोकथामा प्रयोग हुने स्वास्थ्य सामाग्री पाउदा बाल मन्दिर आधारभुत बिद्यालय र जिल्ला अस्पताल निकै हर्षित रहेका छन । सरकारले कोरोनामा करोडौ खर्च गरेको भएपनि बिद्यालयमा भने कोरोना रोकथामका लागि कुनैपनि खर्च गर्नभने सेकेको छैन ।

पिपिइ सेट र फेसशिल जिल्ला अस्पातललाइ हस्तान्त्रण गर्दै बुद्धीजिवी लक्ष्मीकान्त उपाध्याय

फाउण्डेशनले यस भन्दा पहिला जिल्ला अस्पतालाइ मास्क र पिपिइ सेट फेसशिल र नेपाल पत्रकार महासंघ डोल्पा शाखालाइ प्रेस ज्याकेट,मास्क सेनिटाइजर सहयोग गरि सकेको छ । यो फाउण्डेशनको डोल्पामा दोस्रोपटक स्वास्थ्य सामाग्री सहयोग रहेको फाउण्डशेनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार यूवा पर्यटन ब्यावसायि जितेन्द्र झाँक्री र राज्य लक्ष्मी हमालको आग्रहमा आफुले बिभिन्न निकायमा सहयोग मागि डोल्पा सम्म स्वाथ्य सामाग्री पठाउन पाउदा निकै शन्तुष्टी मिलेको बताए ।
फाउण्डेशनले पठाएको सामाग्रीहरु एक कार्यक्रमका बिच बुद्धिजीबी लक्ष्मी कान्त उपाध्यायले जिल्ला अस्पतालका अध्यक्ष र बिद्यालय ब्यवस्थापनका अध्यक्षलाइ हस्तान्त्रण गरेका हुन । हेर्दा सामान्य र सानो देखिएपनि कोरोनाको यो स्थितिमा आफुुलाइ हस्तान्त्रण गर्ने जिम्मेवारी प्रदान गरेको उपाध्यायले फाउण्डेशन र सहयोगी मनहरुलाइ धन्यबाद प्रकट गरे ।