डोल्पामा प्रदेश लेखा इकाई कार्यालयको शाखा स्थापना

जैतुन अनलाइन | ३० भाद्र २०७७, मंगलवार

दुनै : डोल्पामा प्रदेश लेखा इकाई कार्यालयका शाखा स्थापना गरिएको छ । मंगलबार सदरमुकाम दुनैमा रहेको कोष तथा लेखा नियन्त्रण कार्यलयमा प्रदेक कोलेनीकाको स्थपना गरिएको हो ।
संघियतापछि पहिलो पटक जिल्लामा प्रदेश लेखा ईकाइको कार्यालय स्थापना गरिएको हो । एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र जिल्ला समन्वय समिति प्रमुख सेर बहादुर बुढाले प्रदेक कोलेनीकाको कार्यालय स्थापनाको उद्धघाटन गरेका हुन ।
कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा नियन्त्रण कार्यालय अन्तरगत रहने गरी डोल्पामा पहिलो पटक प्रदेश लेखा इकाई कार्यालय डोल्पा शाखाको स्थापना भएको छ । यस कार्यालयले प्रदेश सरकार अन्तरगतका कार्यालय, जिल्लाका सबै स्थानीयतमा प्रदेश सरकारका योजना तथा कार्यक्रमको आर्थिक कारोवार गर्ने ईकाइ प्रमुख कमल रोकायाले जानकारी दिए ।
प्रमुख रोकायाका अनुसार एक जना लेखापाल र एक जना अधिकृत रहने र आर्थक कारोवार सहजै हुनेमा बिश्वस्त रहेको बताए । यस भन्दा पहिला जिल्लाभर एकै कार्यालयले काम गर्नुपर्ने हुदा काममा केहि असहजता भएकोले पनि प्रदेश सरकारले छुट्टै ईकाइको स्थापना गरेको रोकायाको दावी रहेको छ ।
जिल्ला भरका सबै योजनाहरुको निकासा सदरमुकामबाटै हुने भएकोले भुक्तानी ढिला भयो भन्ने गुनासो बढिरहेको बेलामा प्रदेश लेखा इकाईको स्थापनाले अब भुक्तानी लिन छिटोछरीतो हुने बिश्वास लिएको जिल्ला समन्वय समितिका प्रमुख सेर बहादुर बुढाले बताए ।
संघिय अन्तरगत कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रदेश अन्तरगत प्रदेश लेखा इकाई कार्यालयले आपसमा समझदारी गरेर काम गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सुझाव दिए । प्रजिअ सुनारले भने नयानया प्रविधिको विकास भैरहेको समयमा प्रविधिहरुको जडान गरी सेवा द्रुत र प्रभाबकारी बनाउनुपर्ने बताए । अबका दिनमा भुक्तानी हुन ढिला भयो भन्ने सुन्न पाइने छैन हामी आसाबादी छौ प्रजिअ सुनारले थपे ।
कर्णाली प्रदेश सरकार माताहतमा रहने कार्यालयहरुमा कृर्षि विकास कार्यालय,डिभिजन बन कार्यालय,सामाजिक विकास कार्यालय,पूर्वाधार विकास कार्यालय,पशु सेवा कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय,खानेपानी सिँचाई तथा जलउत्पन्न कार्यालय,घरेलु तथा साना उधोग विकास कार्यलय रहेका छन ।