डोल्पाका दुईजनाले जिते कोरोना राईकाले स्वागत (फोटोफिचर हेर्नुस)

जैतुन अनलाइन | 2020-07-13

दुनै : डोल्पाका दुईजना पूरुषले कोरोना जितेका छन । गत असार १५ गते कोरोना पोजेटिभ भएका दुईजना प्रहरीले कोरोना जितेका हुन । कोरोना पोजेटिभ भएका दुबैजना सुरक्षाकर्मिलाइ पन्ध्रदिन आइशोलेसनमा राखेर पुन पिसिआर परिक्षण गर्दा नेगेटिभ आएपछि उनिहरुले कोरोना जितेका हुन ।
बर्ष ३१र ३२ का दुईजना पूरुषले कोरोना जितेपछि डोल्पाका नागरिहरु खुसि भएका छन । डोल्पामा कोरोना पोजेटिभ भएर पनि कारोना जित्ने पहिलो संक्रमित ब्यक्ति भएकोले खुसि ब्यक्त गर्दै ठुलीभेरी नगरपालिका ३ ले राइका सहित बिदाइ गरेको छ ।
असार १२ गते स्वाव सँकलन गरेको उनिहरुको १५ गते रिपोटमा पोजेटिभ आएको थियो र उनिहरुलाइ आइशोलेसनमा राखिएको थियो । हामीलाइ कुनै कुराको कमि भएन हामीले कहिले मन सानो गरेनौ आज निकै खुसि छौ कोरोना जितेकाले खुसि ब्यक्त गरे ।
कोरोना जितेकालाइ स्वागत गर्दै प्रहरी नायब उपरिक्षक नारायण रञ्जितकारले भने हामी पुन पिसिआर गराउने छौ हाल उनिहरुले कोरोना जितेको भएपनि कार्यालयमा एक साता छुट्टै राख्ने् बताए ।
कोरोना जित्नु नै खुसिको कुरा भएको र उनिहरुमा कोरोना पोजेटिभ भएपनि कोरोनासँग मिल्ने कुनैपनि लक्ष्यण नभएको डाक्टर मछिन्द्र बडुवालले बताए । उनले भने डोल्पाका लागि यो निकै खुसिको कुरा हो सुरक्षित हुन जरुरी छ तर कोरोना लाग्ने बित्तीकै मर्ने भन्ने हैन मन बलियो राख्न जरुरी छ ।
जेष्ट २० गते ५८ बर्षका एक जना पूरुषको मृत्यू पछि कोरोना पोजेटिभको संखया ४ पुगेको थियो अब दुईजनाले जितेसँगै संक्रमित एक जना मात्रै रहेका छन । उनि २३ बर्षका युवा मुड्केचुलाका हुन ।
हाल सम्म डोल्पामा ११३४ जनाको पिसिआर परिक्षण गरिएको छ भने जस मध्य ४ जनाको मात्रै पोजेटिभ आएको छ । आजै १३ जनाको रिपोट नेगेटिभ आएपछि सबैलाइ घर पठाइएको ठुलीभेरी नगरपालिका ३ ले जानकारी दिएको छ।