चैत्र २४ डोल्पा : डोल्पाको एक नगरपालिकाले कार्यपालिकाको बैठक बिमानस्थलमा गरेको छ । जिल्लाको ठुलीभेरी नगरपालिकाले नगर कार्यपालिकाको बैठक जुफाल बिमानस्थलमा गरेको हो ।
जकोरोना भाइरस(कोभिड–१९) बाट सुरिक्षत रहन भन्दै दुरि कायम गर्न नगरपालिकाको केन्द्रमा रहेको जुफाल बिमानस्थलमा कार्यपालिकाको बैठक बसेको वडा नम्बर ९ का अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए ।
उनले भने हामीसँग सभाहल छैन पहिला जस्तो यतिबेलाको खचाखच बस्न मिल्दैन त्यसैले दुरि कायम गर्नको लागि बिमानस्थलको धावनमार्ग प्रयोग गर्नु परेको हो ।
नगर कार्यपालिकाको आपतकालिन बैठक दुरि कायम गरेर बिभिन्न निर्णय गर्दै बिमानस्थलको धावन मार्गमा बसेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए ।
नगरकार्यपालिकाको बैठकले सरकारले गरेको लकडाउनलाइ प्रभाबकारी बनाउन नगरपालिकाका सबै नाकाहरुमा पूर्णरुपमा रोक लगाउने,राहत सम्बन्धी मापदण्ड स्वीकृत,बिपत ब्यवस्थापन कोष सञ्चालन,सबै वडामा राहत बितरणका लागि तथ्याङ्क संकलन र क्वारेन्टिन संचालन र ब्यवस्थापन गर्ने बारे महत्वपूर्ण निर्णय भएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।
त्यसैगरि नगरपालिकाले तत्तकाल नगरपालिकाको राहात कोषमा दश लाख रकम जम्मा गरि अन्य सबै क्षेत्रबाट यकिकृत तथा एकद्धार प्रणालीबाट राहात संकलन गर्ने निर्णयपनि गरको नगरप्रमुख शाहीले बताए ।
बिमानस्थलमा बसेको कार्यपालिकाको बैठकले क्वारेन्टि ब्यवस्थापन,औषधि तथा सामाग्रीहरु बितरण र स्वास्थ्यकर्मिहरु र स्थानीय सरकारसँग सहकार्य गर्न भन्दै वडा नम्बर ६ का अध्यक्ष धर्मलाल बुढाको संयोजकत्वमा स्वास्थ्य ब्यवस्था समिति पनि गठन भएको अध्यक्ष बिरमल भण्डारीले जानकारी दिए ।
ठुलो भुगोलमा रहेको ठुलीभेरी नगरपालिकामा अन्य स्थानीयतहबाट आउन रोक लगाइएको छ भने एक वडाबाट अर्को वडामा जानपनि रोक लगाउने भएको छ ।
नगरपालिकाले कोरोना भाइरस सँग लड्न भन्दै मास्क,सेनीटाइजर,औषधि र अन्य उपकरण तथा सामाग्रीहरु खरिद गरेर सबै वडा स्तर सम्म पुर्याउने तयारी रहेको स्वास्थ्य ब्यवस्था समितिका संयोजक अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए । उनले भने हामी जनताको साथमा छौ आत्तिुनु पर्दैन ढुक्क हुनुस ।